दाङमा थप ३४ जनामा कोरोना संक्रमण

  •   
  •  

दाङ, १४ असार । दाङमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइतवारर गरिएको स्वाब परिक्षणमा २७ पुरुष र ७ महिला गरि ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै दाङमा कोरोना संक्रमितकोे संंख्या ५१० पुगेकोे छ । आइतवार बंगलाचुली गाउँपालिकामा थप १४ जना कोरोना संक्रमण देखिएको हो । जस मध्य वडा नं. १ का १ जना, वडा नं. २ का २ जना, वडा नं. ३ का १ जना, वडा नं. ४ का २ जना, वडा नं. ६ का ७ जना र वडा नं. ८ का एक जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् ।

त्यसैगररी राप्ती गाउँपालिका वडा नं. २ का ४ जना, वडा नं. ३ का ३ जना र वडा नं. ६ का १ जना गरि जम्मा ८ जना, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का १ जना, वडा नं. ६ का २ जना र थप ४ जना गरि ७ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको ठेगाना नखुलेको प्रतिष्ठानले जनाएको छ । यसैगरी घोराही उपमहानगरपालिका वडा नं. १ का ४ जना र वडा नं. ४ का १ जना गरि ५ जनामा कोरोना संक्रमण देखिएको आचार्यले जानकारी दिएका छन।

प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा कपिलबस्तुका ५ जना पुरुष र रोल्पाका एक पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रतिष्ठानमा अझै एक हजार ६४ जनाको स्वाब परिक्षण हुन बाँकी छ । वितेको २४ घण्टामा प्रतिष्ठानमा ६ सय ७ जनाको स्वाब परिक्षण गर्दा दाङ, कपिलबस्तु र रोल्पाको गरि ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।