पानीमा डुबेर बालकको मृत्यु

घोराही, १४ असार । दाङमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना निवासी लोकमान बिकको ४ वर्षका छोरा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिवार साथीहरुसँग घर नजिकै रहेको कटुवाखोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालयय तुलसीपुरले जानकारी दिएको छ ।

पानीमा डुबेर घाईते बालकका उपचारकालागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालयय तुलसीपुरका प्र्रवक्ता राजकुमार बैद्धवारले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन्् ।