खगराज न्यौपाने
पहाडबाट तराई झरे किनेर जमिन
गाउँले त्यहाँ धेरै थिए तीमध्ये सुमन
।।१।।
मिलनसार ती साथी थिए समस्या पर्दामा
गाह्रो र साह्रो उनैले हेर्थे परेका बेलामा
।।२।।
गमेर हेर्दा सुमन यौटा आफन्त लागेका
सम्पत्तिवाला रहेछन् ति त सम्पूर्ण जानेका
।।३।।
कुराका मीठा विश्वास पारी खेल्नमा सिपालु
गर्मीका बेला छहारी दिने आफन्त मायालु
।।४।।
अचम्म भयो सुमनजीले साँध नै सारेका
यो नयाँ मान्छे भनेर हो कि मलाई हेपेका
।।५।।
त्यो नयाँ ठाउँ आफन्त छैनन् त्यसैले बोलिन
मनको कुरा मनमै राखे मुखले खेलिन
।।६।।
मलाई डर रिस्सिने बबानि उसको छँदैछ
विपद्का बेला कल्याण गर्ने उमात्रै यौटा छ
।।७।।
यो साल मेरो खेत नै चापे मन यो दुख्या छ
कसरी बोलु यो मुख खोलु आपद्को साथी छ
।।८।।
अतीत उस्को कोट्याइ हेर्दा खराब स्वभाव
उडुकी बसु सरी छ मन दोधार भया छ
।।९।।
कर्तव्यबोध गर है भनी सम्वाद गर्दछु
मौकाको खोजी गरेर अब यो मुख खोल्दछु
।।१०।।
सुमन तिम्रो यो नामलाई साकार पारन
लाग है लाग सपार मन शुद्धता ल्याउन
।।११।।
मिलेर बस्न पर्दछ अब साना र ठूलाले
हेपाहा बनी खराब जानि छोड है तिमीले
।।१२।।
अन्यथा ठूलो पछूतो होला चिन्तामा परौला
अज्ञानी हुँदा गरेका काम लाचार बनौला ।।
।।१३।।