यम रेग्मी
ह्वास्स मट्टीतेलको गन्ध भित्र छि¥यो । त्यसपछि नुहाएको रूपमा गोइँठे देखाप¥यो ।
काली बोली–‘राम ! राम !! राम !!! के ग¥या यो ? मट्टीतेलले नुहाएर, पानी पाइनस् ?’
गोइँठे चुकझैँ मुख बनायो । मट्टीतेलले पानीमा रुझेको छुचुन्द्रोझैँ थियो, उसको शरीर । गोइँठेलाई देखेर गोमा पनि छक्क परी । गोइँठे आमाको हातमा मट्टीतेलको जार्किन राखिदियो र बोल्यो–‘दगुरेर आउनला‘थेँ ढुङ्गामा खुट्टा ठ्वाक ठोक्यो, गल्र्याम्म भूँइमा लोटेँ, शरीरभरि पोखियो ।’
अरु दिन भएको भए उसले आमाको हातको तोरीफूल देख्यो । नन्द घरमा थिई । काली धेरै निधीखोजी गरिन । दूधझैँ उम्लिएको रिसलाई पाइतालामा मुनि दबाएर राखी । फुपुको आगमनले पिटाई खानबाट जोगियो गोइँठे ।
सरासर बाहिर आयो । शरीरको मट्टीतेल पखाल्यो । फुपुको समिपमा आयो र टुसुक्क बस्यो ।
गोमा भतिजो मायालु पाराले धेरैबेर कपाल मुसारी । अनुहारमा पुलुक्क हेरी । बोली– ‘बाबु तिमी त स्कूल पनि जान छोड्यौ हो ?’
गोइँठे केही बोलिन । लाजले शीर निहु¥यायो, मात्र ।
‘एक त हामी दलित रे ? समाजले सिर्जना गरेको तल्लो जात । सबै जातिले दलाउने, पिस्ने, मिच्ने, कुच्ने, थुक्ने अनि लुछ्ने काम हामीमाथि गरेकै छन् । त्यसमाथि झनै पढेनौ भने, जीवन कस्तो होला ? सोच त !’
गोइँठे फेरि पनि केही बोलिन । केहीबेर अगाडि आफूमाथि घटेको घटना उसको आँखा वरिपरि नाच्न थाल्यो, सिनेमाको दृश्यझैँ । पूरै शरीर गाँजा लागेझैँ भम्म भयो, उसको । आँखा तिर्मिराए । त्रासले मुटु लुगुलुगु काप्न थाल्यो ।
गोमा फेरि बोली–‘ल ! बोल ! बोल ! के भयो र तिमी स्कूल जान्नौ ?’
गोइँठे बल्ल बोल्यो, ‘हो, फुपू ! मैले कति भने, गोग्ली पढ्चु । दिउँसो इस्कूल जान्चु, आमाले मानिन् । जबर्जस्ती रात्री इस्कूलमा भर्ना गर्दी । त्यो पाजी स्कूलमा गएर के हुन्छ ? पढाई हुन्न, कैल्यै । सर हप्तामा एक पटक देखा पर्छन्, रातिमा । जान आपत्, आउन आपत् ।’ बोल्दाबोल्दै गला अवरोध भयो उसको । आँखा रसाए ।
‘नानी ! यसलाई दुईचार दिन तपाईंकै घरमा लग्नुहोस्, सम्झाउनुहोस् । तपाईंले भन्या मान्छ कि ? मैले त हार खाएँ ।’ काली नन्दको अनुहारमा हेरी र बोली ।
‘हुन्छ भाउजु ! मेरो प्यारो भतिजोलाई दुई÷चार दिन मात्र कहाँ हो र दुई÷चार महिना नै राख्छु मैसँग ।’ उसले झोलाबाट कोशेलीको पोको झिकी । भाउजुको हातमा राखिदिई । एउटा बिस्कुट, दुईवटा चीजबल । पाँचवटा चक्लेट, दुईवटा हापपेन्ट, दुईवटा बन्दी । गोइँठेको हातमा राखिदिई । फुपुको कोशेलीले छक्क प¥यो । अघिको घटना, त्रास, पिर सबै एकैछिनमा गगनबाट बादल हराएझैँ हराए । खुशीको सीमा नै रहेन उसमा ।
हतार–हतारमा साँझको खाना खायो । नन्दभाउजु घरायासी कुरा गर्न थाले । कसैसँग केही बोलिन । जुरुक्क उठ्यो । फुपुको कोशेली टिप्यो । घ¥याक्क ढोका खोल्यो । सुत्ने कोठामा छि¥यो । भित्रबाट चुकुल लगायो ।
खानाले भूँडी टम्म थियो । चक्लेट, बिस्कुट र चीजबल सिरानी तल राख्यो । मनले फेरि मानेन । शिरानीबाट भिक्यो । मीठो मानी–मानी सबै खायो एकैछिनमा ।
पलास्टिकबाट झिक्यो हाप पइन्ट र बन्डी । वल्टाइपल्टाई हे¥यो, महिलाले सुनको गहना हेरेझैँ । च्याप्प समायो । आनन्दको सास फे¥यो । लप्पक कपडा छातिमा टाँस्यो । बिजुली बत्ती गएझैँ झ्याप्प आँखा बन्द ग¥यो । केही बेर हर्षको समुद्रमा हरायो ।
केही बेरपछि जुरुक्क उठ्यो । लगाएको पुरानो सर्ट खोल्यो । हापपाइन्ट खोल्यो, भूइँमा मिल्कायो । फेरि कहिले नचाहिने गरी । नयाँ बण्डी र हापइपाइन्त लगायो । महिनैपछि पाएको थियो उसको तनले नयाँ लुगा । शीरदेखि पाउसम्म हे¥यो । नवकिशोरी वाथरुपमा आफ्ना संवेदनशील अंङ् देखेर मुस्कुराएझैँ मुसुक्क मुस्कुरायो । भुतुक्क लजायो नयाँ लुगासँग । पहिलो भेटमा प्रेमीको अगाडि प्रेमिका लजाएझैँ । घोप्टो परिपरि हे¥यो आफ्नो शरीर । त्यत्तिले चित्त बुझेन उसलाई । भित्ताको खोपामा सानो ऐना थियो । ऐना हातमा छोप्यो, धेरैबेर ऐनाबाट नयाँ बन्डी र हापपाइन्टलाई हेरिरह्यो ।
रात धेरै छिप्पिँदै थियो । आमा र फुपू सुतिसकेका थिए । पृथ्वी मस्तसँग निदाइसकेकी थिइन् । आवाज थियो त केवल टोलमा भ्याँऊ–भ्याँऊ भुस्याहा कुकुरको । सुत्ने तर्खर ग¥यो । टुकी मुखले फुक्यो । निभायो । सुत्यो । आँखा काँचै भए, निद्रा आएन । मनमा सुखका छालहरू आई नै रहे । शीघ्र बिहानीको प्रतीक्षामा । खै कतिखेर, लुतुक्क निदायो । थाहै पाएन ।
बिहान सबेरै उठ्यो सदाभन्दा पहिले । गोमा सुतिरहेकी थिई । काली गाईबाख्रालाई दाना पकाएर खुवाउँदै थिई । नयाँ बन्डी र हाप पइन्ट लगायो । आमाको आँखा छल्यो । फुट्ट गाउँ निस्कियो, गाउँभरि नयाँ लुगा देखाउन ।
बिहानीले चीसो छर्दै थियो । नयाँ बन्डीसित पूरै गाउँ घुम्यो । चिनेका सबै साथीका घरमा पुग्यो । उसको साथीहरु कोही सुतिरहेका थिए त कोही उठेर पनि काममा व्यस्त थिए । कोही मकै छर्न, कोही घुइया, बेसार, अदुवा लगाउन । कोही झालमा बोडी, सिमी, करेला, फर्सी, लौका, चिचिन्नो, घिरौला रोप्न । कोही कोट्टेबारीमा तिल, भिन्डी, जुनेलो छर्न । पूरै गाउँ नै काममा व्यस्त थियो । कसैले उसको नयाँ लुगाको निधिखुदी गरेन । कसैले सोधेन । कसैले राम्रो छ भनेन । आखिरीमा पूरा गाउँ डुलेर, निराश मन लिएर घरमा फर्कियो ।
गोमा एक हप्ता माइत बसी, भाउजुसँग । दाइको शुद्धशान्तिपछि बल्ल माइत आएकी थिई । पेटीमा बसेर तीनैजना बिहानीको चिया पिउँदै थिए । गोमाले चियाको सुर्को सुरुप्प पारी । बोली, ‘बाबु गोपाल हिड् हाम्रा घर जाऔँ, केही दिन बसेर आउलास् ।’
गोइँठे केही बोलिन । काली पनि केही बोलिन । गोइँठे सुरुप्प चिया पा¥यो । आमाको मुखमा पुलुक्क हे¥यो । मुसुक्क हाँस्यो मात्र । आमा छोराका चार आँखा भए । काली पनि उही गतिले । मुसुक्क हाँसी । केही बोलिनन् । आमाले अनुमति दिएको बुझ्यो गोइँठेले । खाँदाखाँदैको चियाको गिलास, पेटीमा थपक्क राख्यो । जुरुक्क उठ्यो । खुर्रर कोठतिर दौडियो । घो¥याक ढोका बन्द ग¥यो । शरीरका लुगा खोल्यो ।
टक्क अडियो कट्टुसँग । आफ्नो नाङ्गो तन देखेर आफै लजायो । उसँग दुई जोर कपडा थिए । एकजोर ड्रेस स्कूलको अर्को घर बस्दा लगाउने । कुन लगाउने ? अलमलमा प¥यो ।
घरमा बस्दा जुन कपडा लगाउँथ्यो त्यही लगायो । शीरदेखि पाउसम्म । मुन्टो तानी तानी हे¥यो शरीर । महिनौ नधोएको कपडा । अमीलो दुगन्र्ध आयो कपडाबाट । मनले मानेन । शरीरबाट कपडा उता¥यो । भूइँमा फाल्यो नाकबाट सिगान फाले जसरी । केही बेर शीरमा हात लगाएर टुसुक्क खट्टेमा । नाङ्गै बस्यो ।
खट्टेको चरबाट, झिक्यो ड्रेसको कपडा । अर्को जोर स्कूल छोडेको दिनदेखि । खटियाको चरमा कोचेको थियो, उसले कपडा । कपडाभरि माकुराले घर बनाएर न्यानोमा बसेका थिए । युद्धमा हारेको सिपाहीझैँ जब कपडाबाट एक हुल माकुरा परपर भागे । मैलो । ढुस्स गनाउने । डल्लो परेको । कपडाको अबस्था देख्यो । रिसायो मन नपरेको मान्छेलाई देखेर रिसाएझैँ । मन नलाई नलाई धेरै बेरसम्म एकटकले ड्रेसको कपडा हेरिरह्यो, टोलाएर ।
फुपुले बाहिरबाट बोलाई । झसङ्ग ग¥यो । नयाँ बण्डी लगायो भित्रबाट त्यसमाथि पुरानो सर्ट । त्यसमाथि पुरानो स्वेइटर, पुरानो पाइन्ट लगायो अनि तयार भयो ।
फेरि अनुहार हे¥यो ऐनामा । फरक पाएन केही । उही पुरानो कपडा, उही पुरानो चेहरा । सदाकोझैँ उही स्वरुप । अब ऊ रिसले आगोभन्दा तातो भयो । हतारले गर्दा लुगुलुगु काप्न थाल्यो । के गरुँ ? कसो गरुँ ? भयो उसलाई । थचक्क बस्यो खट्टेमा, पानी पर्न लागेको आकाशझैँ अनुहार बनाएर ।
एकदिन अघिको मलिनो मुखमा । चमक देखियो बादलबिनाको उषाकालझैँ । जुरुक्क उठ्यो खट्टेबाट । मुसुक्क मुस्कुरायो ओंठ । कपडाभित्र बारुला पसेर कपडा छोडाएझैँ, हतार हतारमा कपडा छोडायो शरीरबाट ।
हँसिलो अनुहार बनाएर उही ड्रेसको कपडालाई, लगायो नयाँ शैलीमा ।
पहिले सर्ट लगायो अनि त्यसमाथि स्वीटर । स्वीटर माथि बन्दी अनि पाइन्ट लगायो पाइन्टमाथि हाप पाइन्ट लगायो । ऐनामा अनुहार पु¥यायो । आफ्नो प्रतिविम्ब देख्यो, नयाँ स्टाइलको । मुसुक्क हाँस्यो प्रतिबिम्ब लेखेर । कोठाबाट बाहिरी निस्कियो । नयाँ उमङ्ग र हर्षका साथ ।
‘छी ! छी !! छी !!! छ्या !! के ला हो त्यस्तो गोइँठे ? ए जोक्कर ! छिटो छोडा । त्यो बाहिरको बन्डी र जाँगे ।’ काली सर्केनी च्यातिएर स्वरले बोली ।
आमाको गाली र घृणाले गोइँठेलाई नाङ्गै उभिएझैँ भान भयो । ठूलै अपराध गरेझैँ लाग्यो । अलिकति लज्जा, कलिकति त्रास, अलिकति कमजोरीको भानले केहीबेर अगाडिको पूर्णिमाझैँ अनुहारमा धपक्क ग्रहणले छोप्यो । दगदग हिलोमा भाँसिएका गह्रौँ पाइलाझैँ । सुस्त–सुस्त कोठामा छि¥यो कपडा फेर्नका लागि गोमा आँगनमा झोला बोकेर केहीबेर गोइँठेको प्रतीक्षामा, ङिच्च दाँत देखाएर हाँसिरही मात्र ।
क्रमशः …