१९ सय ६७ जनाको स्वाव परीक्षणकै प्रक्रियामा

अमरराज आचार्य
दाङ, ११ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङक्रमण भए नभएको भनेर परिक्षणका लागि सङकलित स्वाब मध्ये १ हजार ९ सय ६७ जनाको परीक्षण गर्न अझै बाँकी रहेको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीवार सार्वजनिक गरेको विज्ञप्तिमा यो सङख्या बाँकी रहेको उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा विहिवार ६ सय ७ जनाको परिक्षण गरिएकोमा सवै रिपोर्ट नेगेटीभ आएको शाखा रोशन आचार्यले जानकारी दिएकाछन् । वुधवार मात्रै प्रतिष्ठानमा जिल्लाका ७६ जना कोरोना सङक्रमण भएको रिपोर्ट आएको थियो । हालसम्म प्रतिष्ठानमा ११ हजार ६ सय ७७ जनाको परिक्षण गरिएको छ ।

जसमा ५ सय १४ जनाको रिपोर्ट पोजेटीभ आएको थियो भने ११ हजार १ सय ३५ जनाको रिपोर्ट नेगेटीभ आएको शाखा अधिकृत आचार्यले बताए । प्रतिष्ठानमा दाङ, रोल्पा, प्युठान, रुकुम, सल्यान, बाँके, कपिलवस्तु लगाएतका जिल्लाबाट स्वाब लिएर परिक्षण गर्ने गरिएको छ । क्वारेन्टाइनमा वसेकाहरुले लामो समय रिपोर्ट नआएको भन्दै आन्दोलन समेत गर्दै आएका छन् ।
रिएजेण्ट आउँदै
स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाव परीक्षणका लागि आबश्यक किटमा राख्ने रिएजेण्ट नामको केमिकलको अभावका कारण परीक्षणको गति सुस्ताएको छ ।

‘अहिलेकोसम्म परीक्षण ठ्याप्पै परीक्षण रुकेको त छैन, तर भोलीसम्म रिएजेण्ट नआएमा रोकिन सक्छ’ काठमाडौबाट दाङ आउँदै गरेका प्रतिष्ठान सरोकार समितिका संयोजक समेत रहेका दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बिहीबार बेलुका गोरक्षसंग भने, ‘त्यसैले म त्यो केमिकल लिएर राती–राती दाङ फर्कदैछु ।’

शुक्रबार बिहानसम्म केमिकल आइपुगेपछि परीक्षणको गति बढ्ने जानकारी पनि भुसालले दिएका छन् ।

देशभर ११ हजार नाघ्यो

यसैबीच नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार ४ सय ३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको हो ।

मन्त्रालयका अनुसार बिहीबार मात्र ३ सय १२ जनाले कोरोना जितेका छन् । अहिले सम्म महिला २ सय १६ र पुरुष २ हजार ४ सय ३४ गरेर २ हजार ६ सय ५० जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने २६ पुगेको छ । मन्त्रालयका अनुसार अहिले सम्म १ लाख

९९ हजार ७ सय ३७ र आरडीटी विधिबाट दुई लाख ७८ हजार ६३ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १ लाख ८२ हजार ४ सय ६६ जना छन् । अहिले सम्म क्वारेन्टाइनमा ७४ हजार २२ जना छन् । भने आइसोलेसनमा राखेर ८
हजार ४ सय ८६ जनाको उपचार भइरहेको छ ।