शिवराज खनाल
लमही,११ असार । लमही नगरपालिका–५ घर भएका बिरबहादुर खड्काले आफ्नो घरमा ब्यबसाय गर्दै आईरहेका व्यापारीहरुको पिरमर्का बुझी घर भाडा छुट गरिदिने भएका छन् ।
युवा ब्यबसायी खड्काले आफ्नो घरको सटर भाडामा लिई ब्यबसाय गर्दै आईरहेका व्यापारीहरुको १ महिना १५ दिनको घरभाडा नलिने बताएका छन् ।
‘ब्यापारीको पिरमर्का बुझ्नुपर्छ, लकडाउनमा ब्यापारीको अबस्था दयनिय बनेको छ’– खड्काले भने–‘आखिर म पनि एक व्यापारी हो, एक ब्यापारीले अर्को ब्यापारीको पिरमर्का बुझ्नुपर्छ भनेर भाडा छुट गर्ने निर्णय गरेको छु ।’
खड्काले स्वर्गद्वारी सप्लायर्स पसल गरि लमहीमा व्यवसाय गर्दै आएका छन् । लमही चेम्बर अफ कमर्सका साधारण सदस्य समेत रहेका खड्काले चेम्बरकै आग्रहमा भाडा छुट गरिदिएको जानकारी दिए ।
खड्काकै घरमा व्यापार ब्यबसाय गर्दै आईरहेका कपडा व्यापारी बिमल चौधरीले ब्यापार शुन्य रहेको अबस्थामा घरबेटीले कोठाभाडा छुट गरिदिएकोमा खुसी ब्यक्त गरेका छन् ।