दिप्तीशिखा चौधरी
दंगीशरण, १० असार । दाङको दंगीशरण गाउँपालकिाले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३९ करोड ९० लाख १४ हजार ४ सय रुपैँयाको बजेट विनियोजन गरेको छ ।
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बुधबार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ९ करोड ४७ लाख, सशर्त अनुदान अन्तर्गत १३ करोड ५३ लाख, राजश्व वाडफाडबाट ६ करोड ७० लाख ८५ हजार ४ सय रुपैँया बजेट विनियोजन गरेको प्रस्तुत गरेकी हुन ।
त्यस्तै प्रदेश सरकारबाट बित्तीय समानीकरण अनुदान ५० लाख ७९ हजार, प्रदेश सशर्त अनुदान अन्तर्गत १ करोड ४८ लाख ५० हजार, प्रदेश सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश राजश्व बाडफाड २९ लाख ५० हजार रकम विनियोजन गरेको छ ।
यस्तै आन्तरीक आयतर्फ ८० लाख रजिष्ट्रेशज शुल्कबाट १० लाख, अन्य तहबाट प्राप्त अनुदान ५ हजार अनुमान गरिएको छ भने चालु आर्थिक बर्षबाट ६ करोड बचत हुने अनुमान गरिएको छ ।
उपाध्यक्ष खड्काले कोभिड १९ रोकथाम, कृषि, रोजगार, सिंचाई र विकाशका कार्यलाई प्राथमिक्तामा राखेर बजेट प्रस्तुत गरेकी हुन । पालिकाले कोरोना भाईरस तथा उपचार कोषका लागि ३० लाख रुपैँया छुट्याएको छ ।