चोरीको सामग्रीसहित एक जना पक्राउ

दाङ,१० असार । दाङ प्रहरीले चोरीको सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ दुर्गा खत्रीको घरको किचन फोडी गाडी मर्मत गर्न प्रयोग गरिने ६ लाख मुल्य पर्ने जि–स्कानटु लेखेको ल्यापटपसहित चोरी गर्ने रोल्पा रुन्टीगढी गाउँपालिका २ निवासी २४ को रमेश पुनलाई पक्राउ गरेको हो ।

प्रहरीले गाडीको सिसा तोडफोड गरी पेनड्राइपलगायतका सामग्री चोरी गरी भागेको भन्ने सूचनाका आधारमा खोजी गर्दा चोरलाई १८ घण्टाभित्रै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

सामान चोरी भएको १८ घण्टाभित्रै चोरलाई पक्राउ गर्न सफल भएको समेत उनले बताए । पक्राउ परेका पुनलाई अपराध संिहता २०७४ को भाग २ परिच्छेद २० दफा २४१ (चोरी गर्न नहुने ) कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान अगाडी बढाएको खड्काले जानकारी दिएका छन् ।