शिबराज खनाल
लमही असार ९ लमही खानेपानि उपभोक्ता तथा सरसफाई समितिले कोरोनाबाट बच्न सरसफाईमा बिशेष जोड दिन सम्पुर्ण उपभोक्ताहरुलाई आग्रह गरेको छ । लमही खानेपानिको आयोजनामा लमही नगरपालिका वडा नम्बर ६ को बड्का महरवामा आयोजित सुरक्षित खानेपानि र सरसफाई सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रममा सामाजिक दुरि कायम राख्दै बसेको भेलाले सरसफाईमा बिशेष ध्यान दिनसके मात्र कोभिड १९ अर्थात कोरानाबाट बच्ने सकिने कुरामा जोड दिइएको थियो ।
लमही खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष दन्डिराम चौधरीको अध्यक्षता तथा खानेपानिका सल्लाहकार सिद्दार्थ सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाकि उपाध्यक्ष लिला शाहले खानेपानि सुरक्षा स्वास्थ्य र सरसफाईले मानिसमा रोग प्रतिरोधातमक शक्ती बढ्ने बताएकी थिइन। सो अबसरमा ब्यक्तीगत , घरायसि तथा बाताबरणिय सरसफाईको बारेमा उपभोक्ताहरुलाई सचेतिकरण समेत गराईएको थियो ।
उपभोक्ताहरुलाई कोरोनाबाट बच्न नियमित साबुनपानिले राम्रो संग हात धुने र घरवरिपरिको बाताबरण सफा राख्नुका साथै ब्यक्तीगत , र बाताबरणिय सरसफाईमा ध्यान दिन जरुरीरहेकोमा ध्यानाआर्कषण गराईएको थियो । उक्त कार्यक्रमको अबसरमा लकडाउनको अबधीभर उपभोक्ताहरुले खानेपानिको महशुल मा बिशेष सहुलियत हुनुपर्ने माग समेत राखेका थिए । कार्यक्रममा सिता शाहीले सबैलाई धन्यबाद ज्ञापन गरेकि थिइन , स्वर्गद्धारी टोलका अध्यक्ष शारदा खड्का लगाएतका ले मन्तव्य ब्यक्तगरेका थिए , उक्त कार्यक्रमको सहजीकरण लमहि खानेपानिकि सदस्य श्यामकला पोख्रेलले गरेकी थिइन । साथै उक्त कार्यक्रममा लमही खानेपानीले एकसय पचास जनालाई क्लिनिकल माक्स समेत बितरण गरेको थियो ।