श्रीलंकामा नेपालको झण्डा फहराउँदा …

  •   
  •  

सानैदेखि खेलकुद र गीतसंगीततिर मेरो रुचि थियो । राष्ट्रिय, क्षेत्रीय, अञ्चल र जिल्लामा हुने सबै खालका प्रतियोगिताहरुमा सहभागिता रहँदै आएको थियो । खेल सँगसँगै म राष्ट्रको सेवक भएर काम गर्ने अवसर पाए । तुलसीपुर उपमहानगरपालिका–७ निवासी चिरञ्जीवी रिजालले आप्mना खुशीका पलहरु सुनाउँदै भने । उनले २०४२ सालमा राप्ती अञ्चलको प्रतितिधित्व गर्दै राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौंसम्म फुटबल खेल्न गएको क्षण सम्झिए ।

करिब १७ वर्षसम्म नेपाल प्रहरीमा रहेर देश र जनताको सेवा गरेका रिजालले आप्mनो पहिलो खुशी श्रीलंकामा नेपाल प्रहरीको तर्फबाट कलाकारको रुपमा त्यहाँ पुगेर नृत्य प्रतियोगितामा नेपालको पहिचान झल्काउन पाउँदा खुशी लागेको सुनाए । २०५१ सालमा श्रीलंकामा आयोजित नृत्य प्रतियोगितामा भाग लिई दोस्रो स्थान आउँदा आफू जीवनमै पहिलो खुशी प्राप्त गरेको बताए । ‘मेरा खुशीहरु धेरै छन् तर पहिलो खुशी नेपाली पोशाक लगाएर नेपालको झण्डा श्रीलंकामा फहराउन पाउँदाको लेखिदिनुहोला’ –रिजालले भने ।

उनले श्रीलंकामा आफूहरुको टिमले रुकुम–पश्चिमको लहरे टप्पामा नृत्य प्रस्तुत गरेर दोस्रो स्थान हासील गर्दा गर्वको महशुस भएको बताए । ‘हामीले लहरे टप्पा नृत्य प्रस्तुत गर्दा श्रीलंकमा त्यो पल निकै मनमोहक र रोचक थियो, सबै देशका कलाकारहरुको ध्यान नेपाली कलाकारमै थियो’ उनले भने । रिजालले अर्को खुशी २०४३ सालमा नेपाल प्रहरीमा प्रवेश गर्दाको सुनाए । २०४२ सालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा आफू फुटबलको गोल रक्षक भएर काठमाडौं पुगेको र त्यहाँ आफूले देखाएको कला कौशलताका कारण आफू नेपाल प्रहरीमा प्रवेश पाएको सुनाए ।

‘त्यतिबेलाका ५ विकास क्षेत्र अन्तर्गत मध्यपश्चिम विकास क्षेत्रबाट हामी धेरै त्यहाँ गएका थियौँ तर मलाई डिआइजी ज्ञानेन्द्रविक्रम महतले नेपाल प्रहरीमा भर्तीका लागि छनोट गर्नुभयो’ –रिजालले भने ‘त्यो मेरो अर्को खुशी हो ।’ प्रहरी प्रवेशसँगै अब राष्ट्र र जनताको सेवा गर्न पाइनेभयो भनेर आफ्नो खुशीको सीमा नै नरहेको बताए ।

रिजालले आफूले आधारभूत तालिम सकेर २०४४ सालमा रोल्पामा ५ महिना सेवा गरी नेपालगञ्जको जमुना चौकीमा आएर सेवा गरेको बताए । त्यहाँ सेवा गर्दा लखनउका अब्दुल भन्ने तस्करलाई मेसिनगन सहित पक्राउ गर्न सफल भएको बताए । ‘मैले छोटो समयमा हतियार ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको थिएँ । त्यो पनि जागिरको दौरानमा मेरो अर्को खुशीको कुरा थियो’ –रिजालले भने । उनले त्यो सँगै प्रहरी जवानबाट केही वर्षमै प्रहरी हवल्दारमा प्रमोशन हुन पाउँदा अर्को खुशी प्राप्त भएको सु्नाए । ‘अपराध नियन्त्रण र तस्करलाई पक्राउ गर्न सफल भएको भन्दै मलाई तत्कालीन डिआइजीले कार्यालयमा बोलाएर एक तह बढुवा गरिदिनुभयो, त्यो दिन पनि म धेरै खुशी भएको थिएँ’ रिजालले भने ।

उनले त्यतिबेला कार्यालयमा डिआइजी सोमकान्त शर्माले धन्यवाद दिँदै प्र.ह.मा प्रमोशन गर्दा खुशी भएको सुनाए । २१ वर्षमै प्रहरीमा प्रवेश गरेका रिजालले द्वन्द्वकालमा रुकुम, रोल्पा, कालीकोट, दैलेख, नेपालगञ्जलगायतका क्षेत्रमा रहेर अपराध नियन्त्रण तथा जनताको सेवा गर्न पाउँदा खुशी लागेको सुनाए । रिजालले नेपाल प्रहरीमा रहँदा भारतमा अलपत्र परेका तथा बेखर्चीहरुलाई व्यारेकमा राखेर आप्mनो खर्चमा उनीहरुलाई उद्धारका साथै अन्य सेवा गर्न पाएकोमा पनि खुशी व्यक्त गरे । जागिरकै दौरानमा २०५९ सालमा कालीकोटको पदमघाट चौकीमा तत्कालीन माओवादीले आक्रमण गर्दा उनी घाइते भएका थिए ।

‘त्यतिबेला हाम्रो चौकीमा आक्रमण भयो, हामीले विद्रोही पक्ष पनि नेपाली, हामी पनि नेपाली कसैले कसैको ज्यान लिन हुन्न भन्ने सोचका साथ लागेको भन्दै आफू र अरुको ज्यान बचाउन पाउँदा अर्को खुशी लागेको थियो’–उनले भने । सोही घटनामा हातमा छर्रा लागेर घाइते भएका रिजालले घटनापछि प्रहरी सहायक निरीक्षक भएर आफूले अवकास लिएको बताए । ‘२०६७ सालमा प्रहरी सहायक निरीक्षक भएर अवगास लिएर समाज सेवामा लाग्न पाउँदा अर्को खुशी प्राप्त भएको उनले सुनाए ।

नेपाल नेत्रज्योति संघका सहसचिव समेत रहेका रिजालले संघमा लागेर अन्धोपन निवारणदेखि अन्य क्रियाकलापमा संलग्न भई सेवा गर्न पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । ‘जागिरपछि बचेको समय समाजसेवामा लगाएको छु, निःस्वार्थ भावनाले समाज सेवा गर्न पाएकोमा पनि म खुशी छु’ –रिजालले भने । त्यस्तै जिल्ला हेनबल संघका अध्यक्ष समेत रहेका रिजालले खेलकुद क्षेत्रमामा आफूले धेरै खेलाडीहरु उत्पादन गरेको र उनीहरुले हाल सम्मान र आफूलाई सम्झँदा निकै खुशी प्राप्त हुने गरेको बताए । राप्ती सेक्यूरिटी सर्भिस प्रालिका फिल्ड अधिकृतको जिम्मेवारी सम्हालेका रिजालले नेपाल सरकार स्वरोजगार कार्यक्रम अन्तर्गत विभिन्न व्यक्तिहरुलाई तालिम, रोजगारी दिन पाउँदा पनि खुशी लाग्ने गरेको सुनाए ।

स्वदेशमै कर्म गर्नुपर्छ र स्वदेशमै सीप आर्जन गरी स्वरोजगारमा लाग्नुपर्छ भनेर आफूहरुले धेरैलाई रोजगारी दिएकोमा समेत खुशी व्यक्त गरे । पूर्व प्रहरी संगठनको सचिवका साथै सामुदायिक प्रहरी सेवामा लागेर विभिन्न जोखिमका परेका बाढीपीडित, अग्नीपीडितलाई विभिन्न समयमा राहत तथा रउनीहरुलाई उद्धार गर्न पाउँदा पनि खुशी लागेको सुनाए । रिजालले गाउँघरमा विभिन्न सामाजिक संस्थामा आबद्ध भई सेवा गरेको र आफू समाजसेवामै खुशी भएर रमाएको बताए । उनले आफूलाई समाजसेवा र जागिरको दैरानमा घरपरिवार श्रीमतीबाट पनि धेरै सहयोग मिलेकोमा खुशी व्यक्त गरे ।

उनले छोराले भारतको व्याङ्गलोरमा दृष्टि विशेषज्ञ पढ्नका लागि नाम निकाल्न सफल भएको दिन पनि आफू निकै खुशी भएको बताए । उनले छोराले पढाइसकेर आँखाका विरामीहरुलाई हाल नेपालमै आएर आफ्नै गाउँघरमा सेवा दिएकोमा पनि अर्को खुुशी प्राप्त भएको सुनाए । ‘छोराले पनि पढाई सकेर दृष्टि विशेषज्ञको रुपमा आप्mनै ठाउँमा सेवा गरेको छ, त्यसमा पनि म खुशी छु’–उनले भने । तुलसीपुर –७ निवासी चिरन्जीवि रिजाल पूर्व प्रहरी सहायक निरीक्षक, नेपाल नेत्रज्योति संघ दाङका सहसचिव, नेपाल पूर्व प्रहरी संगठन दाङका सचिव एव विभिन्न संघसंस्थामा आबद्ध छन् ।

प्रस्तुती : बालाराम खड्का