रुडासद्वारा रुन्टीगढी गाँउपालिकालाई एक लाख बढीको स्वास्थ्य सामग्री सहयोग

रोल्पा, ८ असार । रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपालले रोल्पाको रुन्टीगढी गाउँपालिकालाई एक लाख मुल्य बढिको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

अष्टेलियन एडको आर्थिक सहयोगमा रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज (रुडास) र आड्रा नेपालको साझेदारीमा सञ्चालित कृषि तथा जीविकोपार्जन प्रबद्र्धन (गोल दोश्रो) परियोजनाबाट गाँउपालिकालाई १ लाख १० हजार मुल्यको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै रुडास नेपाले रुन्टिगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको गरेको छ । सस्थाले लकडाउनको सुरुवातको समयमा पनि गाँउपालिकालाई करिव ६० हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको रुडास नेपाल रोल्पाका कार्यकारी निर्देशक शोभाराम डाँगीले जानकारी दिएका छन् ।

परियोजना अन्तर्गत आइतवार थप १ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । परियोजना अन्तर्गत ४० लिटर सेनिटाईजर, ६६ पिस ह्याण्डवास, ७ सय पिस मास्क, १५ सेट पिपिई, र दुई गत्ता साबुनलगायतका सामग्री रुडास नेपालका रोल्पा जिल्लाका अध्यक्ष विनोद रिजालले गाउँपालिका अध्यक्ष बालाराम बुढालाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामाग्री बुझेपछि रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बुढाले गोल दोस्रो परियोजनालाई धन्यावाद दिदै विपद्को समयमा सहयोग गरेको स्वास्थ्य सामग्रीले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने बताएका थिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको सहजीकरण रुडास नेपाल गोल दोश्रो परियोजनाका रुन्टीगढी गाउँपालिकाका संयोजक बासुदेव पोख्रेलले गरेका थिए ।