शिवराज खनाल
लमही,८ असार । पतन्जली योग समितिको आयोजनामा छैठौं अन्तर्राट्रिय योग दिवस लमहीमा सम्पन्न भएको छ ।
पंतञजली योग समिति लमही नगर अध्यक्ष भेषराज भट्टराईको अध्यक्षता तथा लमही नगरपालिका उप प्रमुख देबका बेल्बासेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै लमही नगरपालिका उप प्रमुख देबका बेल्बासेले अहिले को परिबेसमा योगको महत्व रहेको भन्दै योगबाट रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न सहयोग पुग्ने बताए । पछिल्लो समय योगतिर मानिसहरु आकर्षित भएको भन्दै उनले योगको विकासकालगि सहयोग गर्न आफु तयार रहेको बताएकी थिइन ।
उक्त कार्यक्रम मा पतंञजली योग लमही नगर समितिका साधक, साधिकाद्वरा अन्तराष्ट्रिय योग प्रोक्टोकल को अभ्यास प्रर्दशन गरिएको थियो ।
साथै कार्यक्रममा पतंञजली योग समिति लमहीका सल्लाहाकार शोभाकर घिमिरे, रेशमबहादुर खडका ,अजम्मरी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष पवन रिजाल, गढवा उद्योग बाणिज्य संघका तथा तथा रोटरी क्लब लमहीका अध्यक्ष रबिलाल आचार्य, ओम शान्ति बिश्वबिद्यालयका दामोदर पाण्डेय, समाजसेवी जागेश्वर घिमिरे, बन तथा जीवजन्तु बिशेषज्ञ चिरन्जीबी खनाल, दाङ जिल्ला युवा पतंञजली योग समितिका महासचिव कमल अधिकारी, दाङ जिल्ला महिला पतंञजली योग समितिका उपाध्यक्ष सहना श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सत्यसाईकेन्द्रका संस्थापक अध्यक्ष कोमानन्द पाण्डे, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको स्वकिय सचिब नारायण भुसाल र सिमा सुरक्षा बल अर्जुन खोला प्रतिनिधीको समेत उपस्थिति रहेको थियो ।
पंतञजली योग समिति लमही नगर अध्यक्ष भेषराज भट्टराई अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पतंञजली योग लमही नगर समितिका सचिव नबराज केसीले गरेका थिए ।