Goraksha

National Daily

नेपालमा कोरोना संक्रमितको संख्या ८६०५

दाङ,६ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो।

पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन्। २४ घण्टामा डिस्चार्ज हुने मध्ये १५८ पुरुष र १८ महिला छन्। प्रवक्ता गौतमका अनुसार यो सँगै डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ।