जलमग्न देउखुरी : फोटो फिचर
शिबराज खनाल
लमही ६ असार । गए राति देखि निरन्तर परेको वर्षाका कारण देउखुरीका विभिन्न स्थानहरु जलमग्न भएका छन ।

बाढीको कारण लमही नरपालिका, राप्ती गाउँपालिका ,राजपुर गाउँपालिका, गढवा गाउँपालिकाका विभिन्न क्षेत्रहरु जलमग्न भएका छन् ।

बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको साथै राप्ती नदिको बाहब रेड जोनमा पुग्नथालेको लमही नगरपालिका वडा नम्बर ४ का नेत्रमणी निरौला बताए ।

यता बुटकहवा गाउमा कुलो फुटेर घरमा पानी पस्न थालेको ले तत्कालै जेसिबीको मद्दतबाट घरलार्इ क्षेती हुनबाट बचाउन सफल भएको लमही नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुबास न्यौपानेले बताए ।


मौसम पुर्बाअनुमान महासाखाका अनुसार अझै ३ दिन लगातार पानी पर्ने बताएको छ ।
