Goraksha

National Daily

जीवन अमूल्य छ

करुणा रेग्र्मी

सर्वसम्पन्न जस्तो लाग्छ
कति खुसी त्यो मानव चित्र
हाँसेकै छ दुनियाँ सामु
पिडा लुकाइ मुटु भित्र!!
मानसपटलमा दौड चलिरहेछ
लाखौं कुराले पिरोलि रहेछन्
कसरी पोख्नु मन का कुरा
कायरता का पर्खालले छेक्दा रहेछन् !!
जीवन को संघर्षलाई अङ्गालेकै हो
सायद लक्ष्य प्राप्ति पनि सफल थियो
गन्तव्यमा पुग्दा नपुग्दै
नचाहादा नचाहादै बाटो मोडियो!!
धन पैसा सुख सयल को कमि थिएन
खाचो थियोे त केबल आत्मिक सन्तुष्ट को
मन मस्तिष्क को होडबाजी चल्दा
पत्तो नपाइदो रैछ क्षणिक मति भ्रष्ट को!!
खोल्न पाएका भए मनका कुरा
सायद त्यो दियो निभ्दैनथ्यो कि
बल्झिदै गएका तनावहरुले
देहत्यागको अवस्था निम्तिदैनथ्यो कि !!
जिन्दगी अपार अमुल्य छ
यसलाई टुङ्गयाउनु जित होइन
आफ्नो भक्षक आफै बन्नुमा
म कुनै समाधान देख्दिन !!
कैयौं उताब चढाब आउँछन् जिन्दगीमा
सम्यमता का साथ यसलाई अङ्गालौ
आत्मिय मित्र धेरै हुन्छन ओरिपरी
पिडा नगुम्स्याइ खुल्न सिकौं !!