Goraksha

National Daily

खानेपानीका लागि उपभोक्ता समिति गठन

गोरक्ष समाचारदाता
दाङ, १७ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १८ को विकट क्षेत्र काभ्रेखोलामा खानेपानीको समस्या समाधानका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ । काभ्रे टोल विकास संस्थाका अध्यक्ष नरबहादुर रानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको भेलाले गोविन्द पुनको अध्यक्षतामा ९ सदस्य काभ्रेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेको हो ।

उपभोक्ता समितिको उपाध्यक्षमा कमला नेपाली, कोषाध्यक्षमा कुमारी थापा रहेका छन् । त्यसैगरी सदस्यमा चित्रकली राना, मनकला विष्ट, मिना नेपाली, बसन्त नेपाली र भुवन राना रहेका छन । त्यसैगरी भेलाले नरबहादुर राना, कविराज घर्तीमगर र शुक्रराज रानालाई सल्लाहकारमा चयन गरेको छ । त्यस्तै सोही भेलाले टोल विकास संस्थाका अध्यक्ष नरबहादुर रानाको अध्यक्षतामा सात सदस्यीय काभ्रेखोला कृषि समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा चित्रा घर्तीमगर, सचिवमा बालाराम रावत, सहसचिवमा श्रीधर कुँवर, कोषाध्यक्षमा शुभद्रा घर्ती रहेका छन् । त्यस्तै समूहको सदस्यमा थमा रोका र आशा थापा रहेका छन् ।

भेलामा बोल्ने बक्ताहरुले काभ्रेखोला घोराही बजारदेखि नजिकै रहे पनि राज्यले बेवास्ताका कारण विकास हुन नसकेको भन्दै काभ्रेखोलाको समग्र विकासका लागि पहल गरिदिन स्थानीयले आग्रह गरेका थिए । काभ्रेखोलामा खानेपानी, सिचाई, सडकलगायतका सुविधा नहँुदा स्थानीयलाई खोलाको पानी खानुपर्ने बाध्यता रहेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले काभ्रेखोलाको विकासका लागि आफुले पहल गर्ने बताएका थिए । काभ्रेमा सडक, खानेपानी र सिचाईको सुविधा पु¥याउन सके उक्त ठाउँमा पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले त्यसका लागि आफूले सक्दो पहल गर्ने बताएका हुन् । कार्यक्रममा जनउत्थान बहुउद्देश्य सहकारी सस्थाका अध्यक्ष जागेश्वर नेपालीले काभ्रेखालामा सिचाई सुविधा गर्न सके कृषिको विकास गर्न सकिने बताएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष देउमन दमाईले गरेका थिए ।