विप्लव समूहका जिल्ला सदस्य केसी पक्राउ

दाङ,५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सदस्य मदन केसी पक्राउ गरेका छन् ।

विप्लव समूहका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने विजौरी, मानपुर र दुरूवाको एरिया ईन्चार्ज तथा जिल्ला सदस्य रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बस्ने केसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

बिशेष सूचनाका आधारमा उनलाई प्रहरीले विहीवार बेलुका घोराही उपमहानगरपालिका–१० नारायणपुरबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए ।

लुकिछुपी हिडिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेकको थियो । पक्राउ परेका केसीमाथि थप अनुसन्धान भैरहेकोक प्रहरीले जानकारी दिएको छ ।