कोरोना व्यवस्थापनको काम प्रभावकारी हुन सकेन : मोहना अनसारी

दाङ, ५ असार । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अनसारीले सरकारले कोरोना व्यवस्थापनको काम प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको बताएकी छिन् ।

सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूह दाङको आयोजनामा भिडियो कन्फेन्समार्फत कोरोना संकट र मानवअधिकारको अवस्था बारे गरेको छलफल कार्यक्रममा आयोगकी सदस्य अनसारीले कोरोना भाइरसको संकट बढ्दै गएपछि सरकारले महामारीको व्यवस्थापनको काम प्रभावकारी ढङगले गर्ने नसकेको बताएकी हुन।

राज्यले नागरिकको समस्या समाधान गर्ने नसकेको उनको भनाइ रहेको छ । सरकारले आडिटी परिक्षण बन्द गरि पिसिआर परीक्षणलाइ बढाउनु भन्दै अनसारीले त्यसो गर्न नसके अवस्था जटिल हुन सक्ने समेत बताएकी थिइन ।

मानव अधिकारका लागि महिला संस्थाका संस्थापक अध्यक्ष लिली थापाले सरकारले नागरिकलाई मानवअधिकारको प्रत्याभुति गराउन सक्नु पर्ने बताइन । राज्यले क्वारेन्टाइन व्यवस्थीत हुन नसकेको बताइन । जसले गर्दा महिलाहरु असुरक्षित रहेको उनको भनाइ रहेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिहरुलाइ धन्यावाद ज्ञापन संस्थाका सल्लाहाकार विपुल पोख्रेलले गरेका थिए । कार्यक्रमको सहजीकरण प्रकास गिरी गरेको थिए ।