दाङ,५ असार । दाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ मदन आश्रित चोकमा विहिवार रा ४ प ३६३२ नम्वरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ बस्ने ५४ बर्षीय हेमराज रास्कोटी घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट घाइते भएका रास्कोटीको सिटी हस्पिटल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि घोराही रिफर गरिएको ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदारले जानकारी दिएका छन् ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।