हरेक नागरिक नेपाल प्रहरी बन्नुपर्छ : डिएसपी सिंह

बिजौरीमा सुरक्षा अन्तक्र्रिया
तुलसीपुर, ४ असार । तुलसीपुरमा सर्वपक्षीय सुरक्षा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बिजौरी उद्योग वाणिज्य संघले कोभिड–१९ को संक्रमण व्यवस्थापन तथा नागरिक सुरक्षाका विषयमा राखेको अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले यस क्षेत्रको समग्र शान्ति सुरक्षामा हरेक नागरिक नेपाल प्रहरी बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘म तपाईंको सम्मान थाप्न यहाँ आएको होइन, तपाईंहरुको आशीर्वाद लिन यहाँ आएको हूँ, यहाँहरुले दिएको सम्मानले मलाई शक्ति दिने छ’–अन्तत्र्रिmयामा बोल्दै प्रमुख अतिथि सिंहले भने । आफू कोभिड–१९ संक्रमणको विषम परिस्थितिमा जिम्मेवारी सम्हाल्न यहाँ आएको भन्दै नागरिकको सहयोगले मात्र शान्ति सुरक्षाको अवस्था मजबुत हुने उनको अभिव्यक्ति थियो ।

अन्तर्राष्ट्रिय मापदण्डमा एक जना प्रहरीले ८ जनालाई मात्र ह्याण्डल गर्नसक्ने भए पनि नेपालमा एक जना प्रहरीले ८ सय जनालाई सुरक्षा दिनपरिरहेको बताए । उनका अनुसार ईलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीको भरमा एक हजार नागरिकलाई सुरक्षा प्रदान गर्नुपरेको अवस्था रहेको छ । आफू सकारात्मक सोचका साथ यहाँ आएको बताउँदै उनले नागरिकको सहयोगले मात्र सबैखाले सामाजिक अपराध नियन्त्रण हुनसक्ने अभिव्यक्ति दिए ।

आफूले हरेक टोलमा टोल सुधार समिति गठन गर्न चाहेको भन्दै लागूऔषध तथा दुव्र्यसनी नियन्त्रणको अभियान हरेक टोल र विद्यालयहरुमा सञ्चालन गर्ने पनि बताएका छन् । अहिले प्रहरीले हरेक दुव्र्यसनीहरुको प्रोफाइल तयार गरिसकेको बताउँदै उनले हरेक दुव्र्यसनीहरु र उनका अभिभावक समेतलाई ईलाका प्रहरी कार्यालयमा बोलाएर अनुशिक्षण दिन समेत थालिएको अभिव्यक्ति दिए ।

यसैगरी गोपनियताको विषयमा विशेष ख्याल राख्दै हरेक नागरिकको दैलोमा प्रहरी आइपुग्ने र गलत क्रियाकलाप गर्नेहरुको जानकारी दिन एउटा फोन नम्बर समेत टिपाउने अभियानमा प्रहरी लागिरहेको बताए । यसैगरी गिट्टी बालुवाको उत्खनन्का सन्दर्भमा भने माइन्युटिङ र अनुगमनको जिम्मा दुवै स्थानीय सरकारलाई भएको बताउँदै स्थानीय सरकारले सुरक्षा मागेमा मात्र प्रहरीले सुरक्षा प्रदान गर्ने बताए ।

कार्यक्रममा गृहिणी चित्रा धितालले लकडाउनको समयमा नयाँ मान्छे पनि जुवाडे भएको भन्दै जुवातास र मादकपदार्थ सेवनलाई रोक्न सुझाव दिइन् । नेकपाका नेता रामबहादुर दहितले जेठ, असार महिना संक्रमणको उच्च जोखिमको महिना भएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि युनिफाइड मास कमाण्डको आवश्यकता रहेको बताए ।

अनाथ बालआश्रमका सञ्चालक विष्णु चौधरीले चेतना र शहासले कोरोनाको संक्रमणलाई जित्न सकिने भन्दै सामाजिक अपराध नियन्त्रणका लागि भने लागूऔषध दुव्र्यसनीको नियन्त्रण गर्नुपर्ने सुझाव दिए । नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक योगराज शर्माले सावधानी र सचेतनाले कोभिड–१९ लाई परास्त गर्न सकिने अभिव्यक्ति दिँदै आम नागरिकलाई सचेतनाको पाटोमा जोड्न आग्रह गरे ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा आयोजित अन्तत्र्रिmयामा पत्रकार सुनिल पोख्रेल, जनप्रतिनिधिहरु मदन बस्नेत, केशर पुन, शीतल बुढा मगर, नेका बिजौरीका नेता हिमबहादुर डाँगी, बिजौरी उवासंघका निवर्तमान अध्यक्ष मुकेश वली, नेकपाका नेता छविलाल वली, अध्यापक टीका पोख्रेल, श्रीधर पौडेललगायतले सुझाव दिएका थिए । उद्योग उपाध्यक्ष सम्भु रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विदुर गौतमले गरेका थिए ।