कोरोना भाइरसबाट मान्छे किन मर्छन् ?

युवराज शर्मा

कोभिड–१९ एकप्रकारको नयाँ पाइरस हो । यो भाइरस जातिहरुमा अलग अस्तित्वमा छ । यसको जन्मथलो चीनको वुहान सहर हो । जुन सहरमा रक्सी र मासुको व्यापार धेरै हुन्छ । साथै चीन देशको ठूलो सहर पनि हो । जहाँ समुद्री जनावरहरुको मासु बढी विक्री हुन्छ । बासी, सडेगलेको र काँचो खाने चलन बढी छ ।

वासी र सडेगलेको मासुबाट निस्कने ग्यासले गर्दा कोराना भाइरसको जन्म भयो । यो रोग रुघाखोकीको भाइरसभन्दा कडा खालको भाइरस हो । जब यो रोगले वुहान सहरमा कार्यरत डाक्टर विशेषज्ञ भाइरस ज्ञाता लिगल लियाङलाई लागेको रुघाखोकी निको भएन । उनले धेरै प्रविधिहरु अपनाएका थिए । अन्त्यमा उनको अनुसन्धानले ३० डिसेम्बर २०१९ मा नयाँ जातको प्रजाति भएको भाइरस हो भने । उनको भनाई सामाजिक सञ्जालमा आयो ।

उनले यस रोगको नामा कोभिड–१९ राखे । त्यसकारण सन् २०१९ मा थाहा भएको भाइरस भएकाले कोभिड–१९ भनेको हो । तर त्यहाँको स्थानीय र प्रदेश सरकारको ध्यान कोभिड–१९ लाई रोकथाम गर्नेतर्फ ध्यान दिएनन् । त्यसकारण मानिसहरुमा रोग फैलिँदै गयो । रोग पत्ता लगाउने डाक्टरको पनि १२ जनवरी २०२० मा मृत्यु भयो ।

उनले रोगलाई निर्मूल गर्न तीन विधिहरु अपनाउनुपर्ने लेखेर छाडेका थिए । त्यसलाई स्थानीय र प्रदेश सरकारले अपनाएन र रोग पनि वुहान सहरभर चाँडै फैलियो । रोगले मानवीय क्षति भयो । पीडितहरु रोगका कारण तड्पिन लागेपछि केन्द्रीय सरकारले हात बढाएको नागरिकको भनाई छ । रोगलाई नियन्त्रण गर्ने प्रयासहरु थालियो ।

भाइरसहरु धेरै प्रकारका हुन्छन् । रुघाखोकी लाग्नु पनि भाइरसबाट नै हो । यसको पनि औषधिहरु छैनन् । तर डाक्टरहरुले एण्टीवायोटिक ट्याब्लेट प्रयोग गर्छन् । कफसिरफ दिन्छन् र नियन्त्रण गर्छन् । तर कोभिड–१९ को लक्षण पनि रुघाखोकी लाग्नु र ज्वरो १०० दशमलव ४ हुनु हो ।

यो भन्दा माथि ताप भएमा भाइरसको प्रभाव मानिन्छ । जसले शरीर कमजोर बनाउँछ । कमजोर शारीरिक अवस्था भएका व्यक्तिहरुलाई धेरै समस्या स्वासप्रश्वासमा पर्छ । यो अवस्थामा पुगेपछि शरीर गल्दै जान्छ र मृत्यु हुन्छ । डाक्टरले दिएर छोडेका प्रविधिहरुमा निम्न प्रकारका छन् । जसलाई चिनिया प्रविधिहरु भनिन्छ । अहिले विश्वका धनी र सम्पन्न देशरुले पनि यो रोगलाई नियन्त्रण गर्न चिनिया प्रविधिहरु प्रयोगमा ल्याएका छन् ।

क्वारेन्टाइन
यो विधि वाहिरबाट रोग लागेका ठाउँमा प्रवेश गर्दा अपनाउने विधि हो । जहाँ मानिसलार्य १४ दिनसम्म राखेर स्वास र स्रावको जाँच गरिन्छ । उसमा कोरोना भएमा अस्पताल पठाइन्छ । यसमा व्यक्तिको बसाई, सरसफाई, स्वस्थकर खानपिन, स्वास्थ्यकर्मीहरुको रेखदेख, मनोविद्दहरुको परामर्श अनिवार्य हुन्छ । तर नेपालको कोरोना नियनत्रण गर्ने नाममा बनाइएका क्वारेन्टाइन धेरै गाईबाख्रा हुलेजस्तो खोरहरु छन् । जहाँ रोग बढेको बढ्यै छ । मान्छे मर्नेहरु पनि क्वारेन्टाइनमा बस्नेहरु नै छन् । यो अवस्था देखिनु सरकारको लापरवाही हो भन्छन् नागरिक ।

आइसोलेशन
यो कोरोना भएका रोगीहरुलार्य उपचार गर्न राख्ने स्थान हो । यो प्रविधिले रोगबाट निको हून्छ भन्ने सन्देश दिन्छ । विरामीलाई व्यक्तिबद्र्धक खाद्यवस्तुहरु, स्वस्थ वातावरण, समस्यामा खानपिनको व्यवस्था आइसोलेशनमा हुनुपर्छ । तब मात्र रागी रोगबाट मुक्त हुन्छ र घरमा गएर आराम गर्न सक्छ । तर नेपालमा आइसोलेशन वार्डहरु स्वास र स्राव परीक्षण गर्न उपकरणहरुको अभावमा छन् । करिब १५ दिन अघिका स्रावहरु परीक्षण हुन सकेका छैनन् ।

परीक्षण विधि
कोरोना भाइरस हो वा होइन भन्ने जान्नका लागि जाँच विधिहरुमा पिसिआर विधि उत्तम हो । यो विधिबाट स्वास र स्राव परीक्षण गर्न प्रयोगशालामा कम्तिमा ६ घण्टा लाग्छ । तर आरडिटी विधि चाँडै हुन्छ । तर विश्वसनीयता, गुणस्तरीयता र रोग निदानको यथार्थ अवस्थालाई अनुमान गर्न सकिन्न । त्यसैले यो विधिबाट जाँच गरिएका व्यक्तिहरुमा नेगेटिभ देखिएपछि पिसिआर विधिबाट हेर्दा पोजेटिभ देखियो । आरडिटी विधि परीक्षणका लागि अनुपयुक्त छ भने विश्व स्वास्थ्य संगठनले मान्यता पनि दिएको छैन । आरडिटी विधिबाट कोरोना भाइरस जाँच्ने प्रयोगशाला काठमाडौंको टेकुमा मात्र थियो । सरकारले प्रदेशहरुमा विस्तार ग¥यो ।

तर जिल्लाहरुका सबै ठाउँहरुमा अझै पुग्नसकेको छैन । यो कमजोरी स्वास्थ्य मन्त्रालयको हो । एकतर्फ प्रयोगशालाहरुको व्यापकता नहुनु अर्कोतर्फ विदेशबाट आउनेहरुको समयमा परीक्षण हुन नसक्नु जस्ता समस्या सरकार सामू छन् भने कोरोना भाइरस गाउँ सहर बजारमा बढेको बढ्यै छ । हरेक घरमा भय र त्रासको वातावरण छ । सरकार भने कुर्सी बचाउ गर्ने खेलमा छ । मर्नेहरु गरिब र विपन्न परिवारका मान्छेहरु छन् । जसलाई खाद्य समस्या भोग्नु परेकोले धन कमाएर घर खर्च टार्नका लागि भारत र तेस्रो मुलुकहरुमा गएका थिए । धेरैजसो भारतबाट आएकाहरुमा कोरोना बढ्दै छ ।

कोरोना भाइरसबाट मान्छेहरु मर्नुको मुख्य कारणले अध्ययन गर्दा समयमा खाना खान नपाउनु, शान्ति र अमनचयन नहुनु, शारीरिक र मानसिक थकान बढ्नु हो । यस्ता विषयहरु भए पछि रुघाखोकी लाग्छ, स्वासप्रश्वासमा बाधा हुन्छ । शरीरमा रोगसँग बच्न सक्ने शक्ति कमजोर हुन्छ । पानीको अभावमा शरीर सुस्क हुन्छ र घाँटी दुख्छ ।

यो अवस्थामा पुगेको मान्छेलाई रोगले गलाउँछ र मृत्युवरण गर्छ । वास्तवमा यो रोग सरुवा रोग भएकोले एकअर्का व्यक्तिको सम्पर्कबाट सर्छ । यसले बालक, तन्नेरी र बृद्ध छुट्याउन्न । चाँडै सर्ने सरुवा रोग भएकाले एकअर्कासँग छुवाछूत गर्नु हुन्न । मास्क प्रयोग गर्नुपर्छ ताकि अर्कासँग कुरा गर्दा स्वास आदानप्रदा नहोस् । सानासाना विषयहरुमा ध्यान दिइयो भने रोग सर्नबाट बच्न सकिन्छ । मन्छेहरु किन मर्छन् ? पश्नको उत्तर छैन ।

नेपालमा रोगको संक्रमण बढ्नु भारतबाट आएका नेपालीलाई सीमा नाकामा राख्नु र नेपाल पस्न नदिने नीति अपनाउनु हो । उनीहरु भोकप्यास र अव्यवस्थित बसाईले गर्दा कोरोना पीडित भएका हुन् । उनीहरुलाई यस्तो पीडा भोग्नुपर्ने वातावरण सरकारले बनाएको हो । यसमा सरकारले जवाफदेही निर्वाह गर्न सकेन भने समयलार्य ख्याल नगरेका कारण कोरोनाबाट मान्छेहरु मर्दै छन् । रोग बढ्दै छ ।

तेस्रो मुलुकहरुबाट आउनेहरु र भारतबाट आउनेहरु पनि संखयात्मक रुपमा धेरै छन् । सरकारी व्यवस्थापनहरु धेरै कमजोर छन् । सुधार्ने प्रयासहरु देखिन्न । आर्थिक संकट बढ्दै छ । अवसरको फाइदा उठाउनेहरु हाँस्दै छन् । नागरिक भय र त्रासमा मृत्युसँग संघर्षरत छन् । कोरोनाको रोगले तड्पेर मर्नेहरु मरिरहेका छन् ।