अमरराज आचार्य
दाङ, ४ असार । दाङमा प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ करोड ९१ लाख ६३ हजार बजेट विनियोजन गरेको छ । जिल्लाका १० वटा स्थानीय तहका लागि यस प्रकारको बजेट विनियोजन गरिएको हो । जसमा बित्तीय समानीकरणतर्फ ५ करोड ८१ लाख ६३ हजार, सशर्त अनुदानतर्फ २१ करोड ६० लाख र विशेष अनुदानतर्फ ६ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।
प्रदेश सरकारले स्थानीय तहहरुमा वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक शीर्षकमार्फत यो रकम छुट्याएको प्रदेश सरकारले प्रकाशन गरेको रातो कितावमा उल्लेख गरिएको छ । घोराही उपमहानगरपालिकामा ८ करोड ४८ लाख २३ हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ७९ लाख ७३ हजार सशर्त अनुदानतर्फ ६ करोड ८८ लाख ५० हजार र विशेष अनुदानतर्फ ८० लाख रहेको छ । तुलसीपुर उपमहानगरपालिकामा ३ करोड ५ लाख ८ हजार विनियोजन गरेको छ ।
जसमा वित्तीय समानीकरणतर्फ ७५ लाख ६० हजार, सशर्त अनुदान २ करोड ३३ लाख ५० हजार र विशेष अनुदान ८० लाख रहेको छ । लमही नगरपालिकाको लागि ३ करोड ५ लाख ८ हजार विनियोजन गरेको छ । जसमा वित्तीय समानीकरण ५६ लाख ५८ हजार, सशर्त अनुदान १ करोड ७८ लाख ५० हजार र विशेष अनुदान ७० लाख विनियोजन गरिएको छ ।
यसैगरेर गढवा गाउँपालिकालाई २ करोड ६३ लाख ३७ हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरण ५४ लाख ८७ हजार, सशर्त अनुदान १ करोड ४८ लाख ५० हजार र विशेष अनुदान ६० लाख विनियोजन गरिएको छ । दंगीशरण गाउँपालिकालाई २ करोड ५९ लाख २९ हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ५० लाख ७९ हजार, सशर्त अनुदानतर्फ १ करोड ४८ लाख ५० हजार र विशेष अनुदानतर्फ ६० लाख विनियोजन गरिएको छ ।
बंगलाचुली गाउँपालिकाको लागि २ करोड ५९ लाख ३२ हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ५० लाख ८२ हजार, सशर्त अनुदानतर्फ १ करोड ४८ लाख ५० हजार र विशेष अनुदानतर्फ ६० लाख विनियोजन गरिएको छ । बबई गाउँपालिकालाई २ करोड ६१ लाख ३२ हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरण ५२ लाख ८२ हजार, सशर्त अनुदान १ करोड ४८ लाख ५० हजार र विशेष अनुदान ६० लाख विनियोजन गरिएको छ । राजपुर गाउँपालिकालाई २ करोड ६१ लाख ४१ हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरण ५२ लाख ९१ हजार, सशर्त अनुदान १ करोड ४८ लाख ५० हजार र विशेष अनुदान ६० लाख विनियोजन गरिएको छ ।
त्यसैगरेर राप्ती गाउँपालिकालाई २ करोड ६३ लाख ३० हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ५४ लाख ८० हजार, सशर्त अनुदानतर्फ १ करोड ४८ लाख ५० हजार र विशेष अनुदानतर्फ ६० लाख विनियोजन गरिएको छ । शान्तिनगर गाउँपालिकामा २ करोड ८१ लाख २१ हजार विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ५२ लाख ७१ हजार, सशर्त अनुदानतर्फ १ करोड ६८ लाख ५० हजार र विशेष अनुदान ६० लाख विनियोजन गरिएको छ । स्थानीय सरकारहरुले संघीय सरकार, प्रदेश सरकारले पठाएको बजेटको आधारमा आफ्नो बजेट निर्माण गरेका छन् । संघीय सरकारले जेठ १५ मा नै बजेट ल्याइसकेको छ भने प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । स्थानीय तहहरु भने बजेट ल्याउने तयारीमा छन् । स्थानीय तहहरुलाई असार १० सम्म बजेट ल्याइसक्नुपर्ने वैधानिक व्यवस्था रहेको छ ।
प्रदेश बजेटमा दाङ
१ लमहीमा आधुनिक सुविधासम्पन्न ट्रमा सेन्टरको लागि ५ करोड,
२ बिजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालय, राप्ती प्रादेशिक अस्पतालको गुरुयोजना,
३ बबईको हापुरेमा स्वास्थ्य संस्थाको संरचना निर्माण,
४ मुस्लिम समुदायका छात्राहरुको शिक्षामा सहभागिता वृद्धिको लागि छात्रावाससहितको नमुना विद्यालय,
५ तुलसीपुरको बहुप्राविधिक शिक्षालय भौतिक निर्माणका लागि ९ करोड,
६ दाङमा मौरी र रेशम खेती,
७ आधुनिक प्रविधिसहित भेटनरी रिफरल अस्पताल,
८ लमहीमा पहाडी कृषिवस्तुको संकलन केन्द्र,
९ दाङ जिल्लामा प्रादेशिक डिपार्टमेण्टल स्टोर सञ्चालन,
१० घोरदौरामा निर्माणाधीन सांस्कृतिक डबली,
११ नेत्रलाल अभागीको दाङको घोराही उपमहानगरपालिकामा शालिक निर्माण,
१२ राप्ती, बबई, नदी प्रणालीमा आधारित जलाधार व्यवस्थापन योजना तयार,
१३ घोराही–तुलसीपुर निजी साझेदारी मोडलमा विद्युतीय बस सेवा सञ्चालन,
१४ दामोदर मार्गको निरन्तरता ,
१५ सडक दुर्घटना न्यूनीकरणको लागि उत्तरकुमार वली सडक सुरक्षा कार्यक्रमलाई निरन्तरता,
१६ घोराही–तुलसीपुरमा व्यवस्थित घना शहरीकरण तथा पूर्वाधार विकासका लागि एकीकृत गुरूयोजना,
१७ कारागार सुधारअन्तर्गत दाङ जिल्लामा कारागार निर्माण ।