बिमा रकम हस्तान्तरण

दाङ,३ असार । आत्मनिर्भर लघुबित्त बित्तिय संस्था घोराही दाङले बुधवार एकजना सेवाग्राहीको घरपरिलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

साबिक ग्रामीण महिला उत्थान केन्द्र दाङद्धारा संचालित आत्मनिर्भर लघुबित्त बित्तिय संस्थाले समुदायमा महिलाहरुलाई सामाजिक,शैक्षिक तथा आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यले समुदायमा महिलाहरुलाई लक्षित गरेर बिना धितो कर्जा सुबिधा पु¥याउदै आइरहेको छ ।

उक्त कर्जा सुबिधा लिदा आत्मनिर्भर लघुबित्त बित्तिय संस्थाले बित्तिय जोखिमलाई न्युनीकरण गर्नका लागी कर्जा बिमा पनि गर्दै आईरहेको छ ।

उक्त कर्जा बिमा अन्तरर्गत घोराही उपमहानगरपालिका–१५ भरतपुरमा गठन भएको केन्द्र नं. २ को गोर्खा महिला उत्थान केन्द्रका सदस्य स्वर्गीय सुशीला लिम्बुले यस संस्थाबाट लिएको १ लाख ५० हजार कर्जा रकम, सोही नियम अनुसारको कर्जा बिमा गर्दा उनले चलाएको रकम छुटका साथै किरिया खर्च स्वरुप ४० हजार गरेर जम्मा १ लाख ९२ हजार बराबरको रकम स्वर्गीय सुशीला लिम्बुका श्रीमान् नरेन्द्र बहादुर लिम्बुलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम संस्थाको संस्थापक अध्यक्ष आशमानी चौधरीको उपस्थिीतिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबिर चौधरीले हस्तान्तरण गरेका थिए ।