दाङ र सल्यानका ३३ जनामा कोरोना संक्रमण

दाङ,३ असार । दाङ र सल्यानमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पिसिआर परिक्षणमा दाङका ८ र सल्यानका २५ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार दाङको राप्ती गाउपालिका ५ र गढवा गाउपालिकाका ३ जना गरि ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ५१ पुगेको छ ।

त्यसैगरी सल्यानको कुमाख, बागचौर र त्रिवेणी गाउँपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा देखिएका संक्रमित मध्य ४ जना महिला र २९ जना पुरुषहरु छन् ।