खुशी : महेन्द्रमा स्ववियु सभापति निर्वाचित हुँदा …

  •   
  •  

उमेरको उक्लिँदो ‘ग्राफ’ । नेवारको छोरा, खाइलाग्दो जिउडाल र अग्लो हाइट । डे«स पनि शरीरमा फिटिङ नै । त्यही विशेषता बोकेर पुग्ने गरेको थिए प्रकाश श्रेष्ठ घरआँगनकै महेन्द्र वहुमुखी क्याम्पसमा । त्यो बेला उनी बिए प्रथम वर्षको विद्यार्थी थिए । राजनीतिक मोहले उनलाई त्यति छोपेको थिएन । क्याम्पसमा स्ववियुको चुनावको माहोलले तात्दै थियो । एनजिओको जागिर । त्यो भएर उनी टिकट पाउनेमा ढुक्क भने थिएनन् ।

तर, त्यही बीचमा उनका लागि अपत्यारिलो खबर आइपुग्यो— स्ववियु सभापतिको उम्मेद्वारमा प्रकाश श्रेष्ठलाई नेविसंघले छनोट ग¥यो । महेन्द्र वहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघको ‘गढ’कै रुपमा थियो । नेविसंघबाट चुनाव जित्न जति सहज थियो, तर टिकट पाउन भने त्यत्ति नै कठिन । संगठनभित्रको आन्तरिक दौडमा श्रेष्ठ कमजोर दाबेदार थिए । तर भाग्यले साथ दिएपछि कसको के लाग्छ र ? उनको जीवनमा पनि त्यस्तै नै भयो ।

संगठनले उनकै नाममा सहमति जुटायो । २०५१ सालमा उनी महेन्द्र वहुमुखी क्याम्पसको स्ववियु सभापति भए । त्यो सँगै उनको राजनीतिक यात्रा फराकिलो बनेर आयो । ‘त्यो नै जीवनको सबैभन्दा खुशीको क्षण हो’ उनले भने ‘त्योसँगै २०५३ सालमा समेत दोस्रो पटक स्ववियु सभापति भएँ ।’

‘स्ववियु सभापतिको रूपमा मेरो काम सुरु भयो । म काम गर्दै गएँ । मेरा जिम्मेवारी पनि बढ्दै गयो । आप्mनो कार्यकालमा स्ववियु भवनसँगै क्याम्पसको पूर्वाधार क्षेत्रमा धेरै सुधार भयो । यत्रो वर्षपछि म आज फेरि त्यो क्षण सम्झिरहेको छु’ उनले यो पंक्तिकारसँग भने ‘यो नै पहिलो खुशी भनेर लेखिदिनुहोला ।’

चिन्नेहरु भन्छन्–‘प्रकाश भाग्यमानी नै छन् ।’ प्रकाशले अवसर खोज्छ कि अवसरले प्रकाश खोज्छ ? तर यथार्थमा धेरै अवसरले प्रकाशलाई नै खोज्ने गरेको छ । त्यो उनले पनि स्वीकार गर्छन् । अरुले सिफारिस गरेको पदहरू पनि फेरि खोज्दै उनको पोल्टामा आउने गरेका छन् । दोस्रो खुशी उनले क्याम्पसमा जिम्मेवारी प्राप्त गर्दाको सम्झना गरे । मुलुकमा शान्ति प्रक्रिया सुरु भइसकेको थियो । तर बाछिटा भने बाँकी नै थियो । क्याम्पस प्रमुखमा राधा शाहको नियुक्ति भएको थियो । तर, तत्कालीन माओवादीहरुले विरोध गर्दै क्याम्पस प्रवेशमा रोक लगाएका थिए ।

वातावरण असहज भएपछि सहायक क्याम्पस प्रमुखले समेत जिम्मेवारीबाट राजिनामा दिएका थिए । क्याम्पसमा परीक्षा आएको थियो । तर वातावरण भने सहज थिएन । त्यो बेला म क्याम्पसको आंशिक प्राध्यापकको रुपमा प्राध्यापन गदै आएका थिए, उनी । ‘क्याम्पस प्रशासनले परीक्षाको जिम्मेवारी मलाई दियो, त्यो जिम्मेवारी मैले कुशलतापूर्वक नै पूरा गरेँ, त्यो जीवनको अर्को खुशी हो’–उनले खुशी सम्झे ।

२०५१ सालदेखि क्याम्पसमा दुई कार्यकाल स्ववियु सभापति भए । त्यसपछि डिग्री पढ्नको लागि उनी काठमाडौं नै हानिए । डिग्री सकेर फेरि पुरानै ठाउँमा फरक भूमिका अर्थात् ‘लेक्चर’ बनेर प्रवेश गरे । २०५८ सालमा आंशिक अध्यापकको रुपमा क्याम्पस प्रवेश गरेका उनी सोही क्याम्पसका संस्कृति विषयका उपप्रध्यापक हुन् । झण्डै १० वर्षजति अस्थायी सेवापछि उनी स्थायी भएका छन् । त्यो पनि जीवनको अर्को खुशीको क्षण भएको बताउँछन् । ‘घर नजिकै जागिर, घरकै मानो खाएर सेवा गर्न पाएको छु’–उनले भने–‘त्यो पनि जीवनको अर्को खुशी हो ।’

क्याम्पसको स्ववियु सभापतिसँगै संक्रिय भएको उनको राजनीतिक ग्राफको क्रेज २०६० सालसम्म बढ्दो नै थियो । नेपाल विद्यार्थी संघको २ पटक अध्यक्ष भएर काम गरे । २०५६ सालमा उनले ६ महिनाको लागि नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षको जिम्मेवारी निभाए । त्यसपछि भने चुनाव लडेर नै अध्यक्ष भए । दुई पटकसम्म नेविसंघको अध्यक्ष भएका उनको विद्यार्थी राजनीतिमा केन्द्रीय सदस्य भएपछि पूर्ण विराम नै लायो । २०५८ सालमा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएका थिए ।

विद्यार्थी राजनीतिपछि माउ पार्टी नेपाली कांग्रेसको राजनीति सुरु गरे । घोराही नगर समिति सभापति र हाल घोराही १५ को वडा सभापतिको रुपमा काम गर्दै आएका छन् । राजनीतिक यात्रामा धेरै उतार–चढाव नै आएको भए पनि घाटा भने भएको छैन । राजनीतिक वा अन्य ठाउँमा सर्वसम्मत व्यक्ति खोज्नुपरे उनको नै खोजी हुन्छ । त्यसको कारण उनले भने ‘म विराउँदिन, कम बोल्छु, प्राप्त जिम्मेवारी पूरा गर्छु । त्यो भएर नै होला ।’
आमा डम्बर कुमारी श्रेष्ठ र बाबु दमन श्रेष्ठका साहिँलो सन्तानको रुपमा २०२७ साल पुस १३ गते घोराहीको भरतपुरमा जन्म भएको थियो । श्रेष्ठको जीवन पनि बहुरुपी ‘गरा’ जस्तै । प्राध्यापन, राजनीति र व्यापार । सबैमा उनी सन्तुष्ट समेत छन् । ‘भाग्यमा जे छ, त्यही नै पाउने हो’ उनले भने ‘म जहाँ छुु, त्यहाँ खुशी नै छु ।’
औपचारिक शिक्षा उनले घोराहीको बालविकास प्राविबाट थालनी गरका थिए । बाल विकास विद्यालयबाट सुरु भएको औपचारिक शिक्षा, रझेना, पद्मोदय, महेन्द्रवहुमुखी क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयबाट संस्कृति (कल्चर) विषयमा स्नाकोत्तर गरेका छन् । २०५५ सालमा उनले कास्की पोखराकी अमिना श्रेष्ठसँग विवाह गरे । विवाह चाहिँ मागी नै हो । पढाई पूरा भएको थिएन । तर घरपरिवारबाट विवाह गर्न दबाब सुरु भएको थियो । पोखरा घुुम्न गएको बेला केटी हेर्न जाने कुरा भयो । तर केटीको घर पोखरा भए पनि बस्ने भने काठमाडौं । पोखराबाट केटी हेर्नको लागि काठमाडौं पुुगेर देखाभेटसम्म भयो । त्यो देखाभेट नै औपचारिक विवाहमा परिणत भयो । उनका दुुई सन्तान छन् । विवाह अघि प्रेम नगरेर विवाह बन्धनमा बाँधिएका श्रेष्ठले बल्ल जिम्मेवारीसहितको प्रेमको सुरुवात भएको बताए ।
श्रेष्ठ महेन्द्र बहुुमुखी क्याम्पसका उपप्रध्यापक हुन् ।
प्रस्तुती ः इन्द्र डि.सी.