बंगलाचुली, ३ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बंगलाचुली गाउँपालिकामा छनौट भएको योजनाको काम स्पन्न गरिएको छ ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आर्थिक बर्ष २०७६र७७ मा बंगलाचुली गाउँपालिका वडा नंं२ को बडिपोखरा छिप्पन उजा मन्दिर जाने मोटर बाटो निर्माणको लागि योजना छनौट भएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रका लागि छनौट भएका वडा नं १ र २ का ३९ जना पुरुष र ४० जना महिला गरी जम्मा ७९ जना यस काममा सहभागि भएका थिए । श्रमिकहरुले २३ दिनमा करिब २ किलोमिटर बाटो मर्मत तथा करिब १ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम गरेका छन् ।

उनीहरुले १३ लाख ९४ हजार बराबरको काम सम्पन्न गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिएका छन् ।
योजना सम्पन्न पछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत वली , उपाध्यक्ष यमुना घर्ति मगर, वडा नं २ का वडा अध्यक्ष मेघराज रानालगायतकाले योजनाको अनुगमन गरेका थिए ।