दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

दाङ, १ असार । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदाँ बबई गाउँपालिका–६ निवासी ३७ बर्षीय मोटरसाईकल चालक खिमबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ४७९८ नम्बरको मोटरसाईकलले आईतबार राति साढे ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नंं ११ बुकालीडाँडामा सडक हिडिरहेका १८ बर्षीय कमल योगीलाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । उपचारका क्रममा वलीको मृत्यु भएको हो । घाइते पैदयात्री योगीको थप उपचारकालागि बाँके रेफर गरिएको छ ।