दाङ महिला जेसीजद्धारा रक्तदान

दाङ,१ असार । रक्तदाता दिवसको अवसर पारेर दाङ महिला जेसीजले रक्तदान कार्यक्रम गरेको छ। मानवताको सेवा नै सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुल मन्त्रलार्इ आत्मसात गर्दै महिला जेसीजले रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रममा ममता बिष्ट, सुशीला पौडेल, विष्णुप्रसाद अधिकारी, मधुसुदन पाण्डेय, देवका खनाल, किरण थापा, महेन्द« आचार्यलगायतले रक्तदान गरेको दाङ महिला जेसीजजेसीजका अध्यक्ष जीवा भुसालले जानकारी दिएकी छिन् ।

दाङ महिला जेसीजले अध्यक्ष जीवा भुसालको अध्यक्षता तथा व्लड वैंक घोराहीका प्रमुख दिलिप पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्ष सुशीला पौडेल, पत्रकार नविन अविलाषीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष सिन्धु रिजालको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रममा कानुनी सल्लहाकार ममता विष्टले आस्था पाठ गराएकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन ।