देवी भण्डारी
हापुरे, ३२ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लामो समयसम्म हुँदा किसानले ठुलो नोक्सानी बेहोर्नु परेको छ । उनीहरुले उत्पादन गरेको तरकारी खेर समेत जान गरेको गुनासो गरेका छन् । तिनै किसान मध्यका एक जना किसान हुन पश्चिम दाङको बबई गाउँपालिका–७ चरकमटियाका किसान लिलाबहादुर पुन ।
उनले लकडाउनको समयमा ७० हजार भन्दा बढीको तरकारी खेर गएको छ । १६ कट्ठा जमिनमा गरेको तरकारी खेती खेर गएको बताएका छन् । ३ कट्ठा आफ्नो र १३ कट्ठा भाडामा लिएर उनले १६ कट्ठा जमीनमा तरकारी खेती गर्दै आएका छन् ।
शुभकामना कृषि समुह दर्ता गरेर बेमौषमी तरकारीमा करेला बोरी भेन्डी, काक्र्रा, लौकासँगै च्याउ खेती गर्दे आएको बताए । तरकारी राम्रो उत्पादन भएपनि लकडाउनका कारण विक्रि नहुदा बारीमै खेर जाने थालेको उनले बताएका छन ।
गतबर्ष तरकारी खेतीबाटै १ लाख ५० हजार बढि बचत गरेका उनले यो बर्ष लगानी समेत उठाउन मुस्किल पर्ने अवस्था आएको बताएका छन् । विगत ६ वर्षदेखि तरकारी खेती गर्दे आएको भएपनि उनले कुनै प्रकारको अनुदान पाएका छैनन् ।
वडा कार्यलयमा पुगेर अनुदान माग्दा तरकारी खेती शान्तिनगरमा छ भन्दै कुनै प्रकारको सहयोग नगर्ने गरेको बताए । अनुदान सहयोग नगरेपनि वडा अध्यक्षलाई तरकारी फर्म हरिदिन आग्रह गर्दा समेत नआउने गरेको उनको गुनासो रहेको

छ । उनले गाउँपालिकामा पराल काट्ने मेसीन माग गरेको भएपनि नपाएको बताए ।
पहूचको भर
मा एउटै किसानले पटक पटक अनुदान पाउने भएपनि बास्तविक किसानले अनुदान नपाएको उनको गुनासो रहेको छ । ‘मैले तरकारी खेती गरेको छ बर्ष भयो,अहिलेसम्म अनुदान पाएको छैन’–उनले भने–‘तर यहाँ पहुचको भरमा एकै बर्ष तरकारी खेती गरेकाले समेत अनुदान पाउने गरेका छन् ।’ सम्वन्धी निकायले अनुगमन गरेर अनुदान दिने गर्ने हो भने बास्तविक किसानले अनुदान पाउने उनको भनाई छ ।
महंगोमा तरकारी किनेर रोपेको भएपनि अहिले उत्पादन भएको तरकारी विक्रि नहुदा ठुलोमात्रमा तरकारी नोक्सान भएको बताए । ‘लकडाउनको समयमा पहुज हुनेको तरकारी क्वारेनटाईनमा लैजाने गरेकाछन’–उनले भने–‘तर मेरो त्यहाँस
म्म पहजु छैन,त्यसैले तरकारी बोट मै कु्हिएको छ ।’ हापुरे बजारसम्म ल्याएर केहित विक्री गरेप
नि बन्दका कारण बाहिर पठाउन नपाएको बताए ।
बबई ७ का किसान लिलाबहादुर पुन त प्रनिनिधि पात्र मात्र हुन । आम किसानहरुको माग बाहिरबाट आउने तरकारीलाई रोक्न नसक्दा स्थानीय किसानले उत्पादन गरेको तरकारी खेर गएको छ । बाहिरबाट आउने तरकारीलाई
रोकेर स्थानी उत्पादनलाई प्रोत्साहन गर्ने सके किसानहरुलाई सजिले हुने किसानहरुको भनाई रहेको छ ।