ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाईते

घोराही, ३२ जेठ । दाङबाट प्युठान जादै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । दाङबाट विद्युतको पोल लिएर प्युठान जादै गरेको रा १ त २७७५ नम्वरको ट्याक्टर दाङको बंगलाचुली गाउँपालिका–१ बोझपोखरामा दुर्घटनामा परेको हो ।

शनिवार साँझ करिव ९ बजेतिर दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक बंगलाचुली गाउँपालिका–७ हाँसीपुरका २० वर्षिय रामबहादुर बुढाको उपचारको क्रममा आइतवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

उक्त दुर्घट्नामा घाइते सहचालक प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ सिमलेका १८ वर्षिया भेषराज घर्तिमगर र बंगलाचुली गाउँपालिका वडा नम्वर १ बाह्रबिसेका ३२ वर्षिय ईश्वर जिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।ट्याक्टर अचानक ब्रेक फेल हुँदा सडक देखी करिब १५० मिटर तल खस्न गएको जनाईएको छ ।

फाइल फोटो