पश्चिम दाङमा अवैध चिरान काठसहित बस नियन्त्रणमा

हेमराज शर्मा
दाङ, ३२ जेठ । दाङको बबई गाउपालिका वडा न ३ हंसपुरमा अबैध सालको चिरा काठ बोकेको बस नियन्त्रणमा आएको छ । हसपुर स्थित पिसियो चोकमा दाङ सुर्खेत रोडबाट आउँदै गरेको ग १ ख ७७०३ नंबर को बस हंसपुर प्रहरी चौकीले रोक्न खोज्दा नरोकी भाग्न खोज्दा बस अनियन्त्रित भई पल्टेको थियो ।

बसका चालक तथा सहचालकसहित थप २ जना बस पल्टएपछि तत्काल भागेका थिए । नियन्त्रणमा लिएको बसमा प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी तथा वन क्रमचरीले छानबिन गर्दा बसभित्र साल जातको टाचा निस्सा नभएको अवैध चिरान काठ २७ थानको करीब ३९ क्यूफिट काठ बस भेटिएको थियो ।


बरामद गरिएको बस तथा सालको चिरान काठ ईलाका प्रहरी कार्यालय खिलतपुरले थप अनुसन्धान को लागि डिभिजन वन कार्यालय दाङमा बुझाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक मोहन विक्रम केसीले जानकारी दिएका छ ।

पुरन्धारा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सिद्वान्त वरालका अनुसार घटनाको विस्तृत रूपमा अनुसन्धान भईरहेको र चाडै नै रूख कटान गर्ने तथा विक्री वितरणमा संलग्नलाई कानुनी दायरामा ल्याईने र वन ऐेन २०७६ वमोजिम कारवाही गरिने बताएका छन् ।

वन ऐन २०७६ वमोजिम वरामद भएको बस जफत हुने र विगो वमोजिम कारवाही हुने उनले बताए । बरामद गरिएको बस डिभिजन वन कार्यालय घोराहीको कम्पाण्डमा ल्याई राखिएको छ । लकडाउनको समयमा वन कार्यालय लगायत सुरक्षा निकायको गस्तीको क्रममा वरामद गरिएको ट्याक्टर, बसलगायतको साधनले हाल वन कार्यालयको कम्पाउण्ड भरि भराउ भएको छ ।