दाङ, ३१ जेठ । अन्र्तराष्ट्रिय मोटिभेसन ब्रह्मकुमार राजु घलेले सकारात्मक सोचले नै सफलतामा पु¥याउने बताएका छन् । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूह दाङले अनलाइन भर्चुअल अन्र्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
अहिले कारोनाले गर्दा मानिसमा धेरै नकारात्मक कुरा सोचने गरेको भन्दै त्यसलाई हटाउनु पर्ने बताएका थिए । मनमा सकारात्मक सोच लिएर अगाडि बढेमा हरेक कुरामा सफलता मिल्ने उनको भनाई रहेको थियो ।
मनमा शान्तिका लागि योग ध्यान गर्ने आवश्यक रहेको घलेले बताए । कुनै पनि व्यक्तिलाइ नकारात्मक दृष्ट्रिकोणले हर्ने नहुने उनले बताए । लकडाउनको समयमा परिवार सबै एकै स्थानमा रहेकाले अवसरको रुपमा लिएर योजना बनाएर अगाडि बढन आग्रह । लकडाउनको समयमा पारिवारीक सम्वन्धलाई समधुर बनाउनु पर्ने उनले बताए ।
कार्यक्रममा घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी महामारीको समयमा नागरिकलाई सहजता वनाउन लागि परेको बताए । यसका लागि आफुहरु लागि परेको उनको भनाई रहेको थियो । कार्यक्रममा अन्र्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सदस्य सदस्य प्रकाश गिरीले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको गणेश न्यौपानले जानकारी दिएका छन् ।