दाङ,३१ जेठ । दाङमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
शनिवार घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिका–६ निवासी २५ र ४२ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।
यो संगै दाङमा कोरोना संक्रमितको संख्या ९६ जना पुगेको छ । दाङका दुई जनासँगै कपिलवस्तुको बिजयनगर गाउँपालिका निवासी ४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्य तीन जना पुरुष र एक जना महिलाहरुको प्रतिष्ठानले जनाएको छ ।