दाङ, ३१ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार तीन सय ३५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३३५ पुगेको हो ।
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।
पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।