दाङ,३० जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले अध्यक्ष सविन प्रियासनमाथि भएको दुव्र्यवहार घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवार्ही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।
घोराही–१५ न्यूरोड निवासी साजन भण्डारीलगायत केही युवाले अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार गरेका भन्दै उक्त घटनाको छानबिन गरेर दोषीलाई कारवाही गर्न युनियनले स्थानीय प्रशासनसँग माग गरेको हो ।
प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के.शीतलले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरिएको छ । ‘असहमतिका कुरा आपसी छलफलबाटै समाधान गर्न सकिने हुँदाहुँदै सहजीकरणका लागि बोलाएर प्रियासनमाथि गरिएको दुव्र्यवहार सिंगो पत्रकार र सञ्चारजगतमाथिकै दुव्र्यवहार भएको महसुस हामीले गरेका छौं’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारहरूको मनोबल गिराउने गरी धम्की दिने व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न पनि युनियनले माग गरेको छ ।