एसईई : तयारीमै सकियो एउटा अध्याय

इन्द्र डिसी
दाङ, २९ जेठ । अमिस डाँगी एसईई दिने तयारीमा जुटेका विद्यार्थी हुुन् । रोल नं. १ भएका उनले घोराही उपमहागरपालिका–१६ को ज्ञानमाला एकेडेमीबाट चैत ६ बाट शुरु हुने एसईईको परीक्षामा सहभागी हुँदै थिए । चैत ५ सम्म विद्यालयको छात्रावासमा बसेका उनले चैत ६ पछि भने घरमै बसेर तयारी गरे । ‘चैत ५ सम्म विद्यालयले छात्रावासमा राखेको थियो ।

त्यो दिन नै सरकारले कोरोना संक्रमणको कारण एसईई स्थगित गर्ने निर्णय गरेको थियो’, उनले भने– ‘त्यसपछि घरमा बसेर तयारी गरे ।’ चैत ६ गतेदेखि १७ गतेसम्म हुने गरी तय भएको परीक्षा एक दिनअगाडि मात्रै सरकारले रोक्ने निर्णय गरेको थियो । ‘परीक्षा स्थगित भए पनि तयारी गर्न भने छोडेको थिएन’, उनले भने– ‘तर बुुधवार राति सरकारले नै रोक्ने निर्णय ग¥यो ।

अब एसईईको तयारी नै समाप्त भएको छ ।’ त्यसैगरेर घोराही उपमहागरपालिका–१९ सैघास्थित भगवती माविका प्रधानाध्यापक देबीबहादुर घर्तीले बुधवारसम्म पनि विद्यार्थीलाई तयारीमा राखेको बताए । ‘फागुुनसम्म विद्यार्थीहरु छात्राबासमा थिए । चैत लागेपछि विद्यार्थीलाई विदाई गरेका थियौं । तर परीक्षा स्थगित भएपछि विषयगत शिक्षकको निगरानीमा विद्यार्थीहरु घरमा बसेर तयारीमा थिए’, उनले भने– ‘तर अब परीक्षा नहुने भएपछि तयारी नै सकिएको छ ।’ त्यो विद्यालयबाट ४० जना विद्यार्थी परीक्षामा भाग लिँदै थिए । बुधवारको मन्त्रिपरिषद्को निर्णयसँगै उनीहरुजस्ता एसईई परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुको एसईई तयारीको अध्याय नै सकिएको छ ।

चैत ६ गतेदेखि १७ गतेसम्म हुने गरी तय भएको परीक्षा एक दिनअगाडि मात्रै सरकारले रोक्ने निर्णय गरेको थियो । त्यसयता अन्योलमा परेको परीक्षा यस वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी रोक्ने निर्णय गरेको हो । विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले नजिता प्रकाशन गर्ने भएको छ । यो निर्णयसँगै यस वर्षको एसईईका विद्यार्थीहरु विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा माथिल्लो कक्षामा जान पाउने भएका छन् ।

यो वर्षको एसईई परीक्षामा जिल्लाका १२ हजार ७ सय १० जना सहभागी हुँदै थिए । शिक्षा समन्वय विकास इकाईका प्रमुख रामलाल खड्काकाअनुुसार नियमित विद्यार्थीहरु १२ हजार १ सय १४ जना र ग्रेडवृद्धि गर्ने चाहने विद्यार्थीहरुको संख्या ३ सय ४ जना थियो । परीक्षामा सहभागी हुने छात्रा ६ हजार ४ सय ३८ जना र छात्र ५ हजार ६ सय ७६ जना थिए । त्यसैगरेर ग्रेडवृद्धि गर्नेमा छात्रा १ सय ७१ जना र छात्र १ सय ३३ जना थिए ।

प्राविधिकतर्फ २ सय ९२ जना विद्यार्थी रहेका थिए । परीक्षार्थीको लागि ४५ परीक्षा केन्द्र तोकिएको थियो । परीक्षामा जिल्लाका २ सय १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुँुदै थिए । तीमध्ये ९९ वटा सामुदायिक र १ सय १३ वटा संस्थागत विद्यालयहरुका विद्यार्थीहरु थिए ।