गोरक्ष समाचारदाता
दाङ, २९ जेठ । सरकारले बुधवार राति लकडाउनलाई तीन चरण पार गरेर मात्र हटाउने गरी खुकुलो बनाउने निर्णय गरेको छ । सरकारले तय गरेका चरणहरुमा यस प्रकार छन् ः
पहिलो चरणमा (२१ दिन) खुला गरिने क्षेत्रहरु
१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनीकसमेत
२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, विक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र विक्रीवितरण
४. फोहरमैला व्यवस्थापन
५. विद्युत, दम्कल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपंक्षी पालनसम्बन्धी कार्य
८. कृषि वीऊविजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११. विकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत)
१२. निर्माण कार्य (निजीसमेत)
१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र विक्रीवितरण
१४. रेस्टुरेण्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५. क्वारेन्टाइनका लागि तोकिएका होटल
१६. विजुलीका सामान विक्री र मर्मत
१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेशनरी
१९. सबै प्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका कार्यालय
२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
निम्न सेवा र कार्यमा भने लकडाउन जारी रहनेछन्
१. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेण्टर, तालिम केन्द्र)
२. सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थवाहेक)
३. सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
४. अनुमति प्राप्त गरेका वाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५. तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
६. सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७. २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९. स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लव, मसाज सेण्टर, सैलुन, व्यूटी पार्लर
१०. खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुती
११. पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका वाहेक अन्य सबै सवारी साधन
१२. बेलुकी ९ बजेदेखि विहान ५ बजेसम्म एम्बुलेन्स, दम्कल, शव वाहन र ढुवानीवाहेक सबै प्रकारका आवागमन ।
दोस्रो चरण (१५ दिन)मा खुला हुने क्षेत्रहरु
१. सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था
(सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)
२. एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा
३. ट्याक्सी (चालकवाहेक थप दुई जना यात्रु रहने गरी)
४. रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति–व्यक्तिबीच कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरी)
तेस्रो चरण (१५ दिन)मा खुला हुने क्षेत्रहरु
१. सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय
२. संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर–जिल्ला आवागमन
३. सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन
४. आन्तरिक हवाई उडान
५. होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण
६. अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ
७. शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)
८. तालिम तथा ट्यूशन केन्द्र