दाङ,२९ जेठ । तुलसीपुरको एक मेडिकलमा आगलागी भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ ‘ग’ लाईन स्थित तुलसीपुर उपमहानगरपालिका कार्यालय गेटदेखि पश्चिमतर्फ रहेको पाल्पाली मेडिको फर्माको जेनेरेटरमा आगलागी भएको प्रहरीले बताएको छ ।
विहीवार बेलुकी पाँच बजेतिर आगलागी भएको हो । मेडिकलको जेनेरेटरमा एक्कासी आगलागी भएको र प्रारम्भिक सूचना अनुसार अन्य ठाउँमा क्षति नभएको प्रहरीले बताएको छ ।
आगलागीको कारण भने खुल्न बाँकी छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।