दाङ,२९ जेठ । दाङमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । विहीवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा जिल्लाका थप आठ जनामा कोरोेना संक्रमण देखिएकोे होे । जस मध्य तीन जना महिला र पाँच जना पुरुषहरु रहेका छन्् ।
संक्रमित मध्य राप्ती गाउँपालिकाका ६ जना, घोराही उपमहानगरपालिकाका एक जना र तुलसीपुर उपमहानगरपालिकाका एक जना रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानका निमित्त कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । उनका अनुसार राप्ती गाउँपालिका–१ निवासी बर्ष १२ र ३२ बर्षीय पुरुष र ३० का महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै राप्ती गाउँपालिका– ३ का २२ र २७ बर्षीय पुरुष र बर्ष १८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका– १७ का २८ बर्षीय पुरुष र घोराही उपमहानगरपालिका– १४ निवासी ४३ बर्षीया महिलालाई कोरोना संंक्रमण देखिएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ९४ पुगेका छन् ।