दाङ,२९ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४६१४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार २५० थपिएपछि ४ हजार ६ सय १४ जना संक्रमितको संख्या पुगेको हो । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष रहेका छन् भने २० महिला रहेका छन् ।
देशभर कुल कोरोना संक्रमितको संख्या चार हजार ६१४ पुगेको छ । देशभरका ७७ मध्ये ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म देशभरबाट कोरोना संक्रमितको उपचारपछि ८६१ डिस्चार्ज भएका छन् ।