रोग प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा योग

दिप्तीशिखा चौधरी
दंगीशरण,२९ जेठ । क्वारेन्टाइनमा बसेका मानिसहरुका रोग प्रतिरोधात्मक क्षमता बनाउन क्वारेन्टाइन्मा योग दिन सुरु गरिएको छ । दाङको दंगीशरण गाउँपालिकाको बीरेन्द्र माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन शारिरीक व्यायाम गर्न सुरु गरिएको हो ।

कमजोर र रोगीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकाले क्वारेन्टाइनमा बस्ने मानिसहरुको मनोवल बढाउदै शारिरीक रुपमा समेत फिट गराउनका लागि योगको व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइनमा बरिरहदा अल्छी पनासँगै मानसिक तनाव बढने भएपछि क्वारेन्टाइनमा बस्ने महिला र पुरुषहरुलाई योग गराउन थालेको दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिएका छन् ।

‘विहान योग गर्दा शरीर फुर्तिलो हुनाका साथै अल्टी पना समेत हट्ने गरेको छ’–क्वारेन्टाइनमा बसेका एक व्यक्तिले भने–‘लामो समयसम्म एउटै कोठामा बसिरहदा तनाव हुने गरेको थियो, तर अहिले योग गर्न थालेपछि तनाव कम हुने गरेको छ ।’ उनले शारिरीक योग गर्दा चाडै नै भोक लाग्ने गरेको समेत सुनाए ।

उनीहरुलाई साथ दिन गाउँपालिका भागीराम चौधरी,स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी, वडा सदस्य, सुरक्षाकर्मी समेत योगमा सहभागी हुने गरेका छन । योग शारिक फुर्तिलो बनाउनेसँगै मानिसक रुपमा रमाईलो गराउने गरेको उनीहरुले बताएका छन् । दिन रात क्वारेन्टाइनमा बसेर र सुतेर दिन काट्दै आएकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

क्वारेन्टाइनमा रहेका मानिसहरुलाई जागृति महिला सामुदायिक सस्ंथाले योगको व्यवस्था मिलाएको छ । प्रदेश नंं ५ को सामाजिक विकास मन्त्रालयको सहयोगमा सस्थाले योगसँगै मनोपरामर्श दिन थालेको हो । योगको प्रशिक्षकमा पतञ्जली योग प्रशिक्षक दीपक गौतम र कमलकान्त भट्राई रहेका छन् ।

शारिरीक ब्यायामका माध्यमबाट क्वारेन्टानमा बस्नेहरुको मनोबल बढाउनेदेखि शारिरीक रुपमा उनीहरुलाई तन्दुरुष्ट राख्नका लागि क्वारेन्टाइनमा योग कक्षा चलाउने गरेको जागृती महिला सामुदायीक सस्ंथाकी अध्यक्ष दिपा अधिकारीले जानकारी दिएकी छ । दंगीशरण गाउँपालिका दुई क्वारेन्टाइनमा ८६ जना बस्दै आएका छन् । पछिल्लो समय जिल्लाका विभिन्न क्वारेन्टाइनमा योगसँगै मनोपरामर्श समेत दिने गरिदै आएको छ ।