काठमाडौं, २९ जेठ । एसईईको परीक्षाको अन्योलतालाई हटाउदै सरकारले अघिल्ला वर्षहरुमा जसरी यो पटक परीक्षा नलिने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण लकडाउनको अबस्था र अधिकांश बिद्यालयहरुलाई क्वारेन्टाइन बनाइएपछि असंभव जस्तै देखिएको एसईई यस बर्षका लागि खारेज गर्ने निर्णय बुधबार बेलुका गरेको छ ।
परीक्षा खारेज गरे पनि ‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने’, निर्णय सरकाले गरेको छ । सरकारको निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका हुन् ।
‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको र यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने जानकारी पनि मन्त्री पोख्रेलले दिएका छन् ।
२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।