कृषि विकास बैंकद्धारा रेडक्रसलाई एसी सहयोग

दाङ,२९ जेठ । कृषि विकास बैंक घोराही शाखाले नेपाल रेडक्रस सोसाईटी दाङ शाखालाई दुई थान एसी सहयोग गरेको छ । रक्त सञ्चार केन्द्र घोराही र रक्त सञ्चार केन्द्र तुलसीपुरमा राख्ने गरी बैंकले दुई वटा एसी सहयोग गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत रक्तदानका क्रममा रक्तदाताहरुलाई सुविधा दिने उद्देश्यले एसी सहयोग गरेको कृषि विकास वैंक घोराही शाखाका प्रवन्धक बाबुराम ज्ञवालीले जानकारी दिएका छन् ।

एक कार्यक्रमका विच कृषि विकास बैंक क्षत्रीय कार्यालय नेपालगंजका प्रमुख गिरधारी पौडेल र घोराही शाखाका प्रबन्धक बाबुराम ज्ञवालीले नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति नारायणप्रसाद आचार्यलाई हस्तान्तरण गरेका थिए ।

एसी मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंकका क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख पौडेलले सामाजिकप्रति उत्तरदायित्वलाई वहन गर्दै कोरोनाको कहरको समयमा पनि बैंकले सहयोगको कार्यक्रम गरेको बताए ।

उनले बैंकले गरेको सहयोगलाई सही रुपमा उपयोग गर्दै रक्तदाताहरुलाई सुविधा दिन समेत आग्रह गरेका थिए । उनले कृषि विकास बैंकले अन्य निजी बैंक सरह नै जनतालाई सुविधा दिदै आएको बताएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका शाखा सभापति नारायण आचार्यले कृषि विकास बैंकको सहयोगले व्लड बैंकको स्तरवृद्धि गर्न सहयोग पु¥याएको बताएका थिए । ‘व्लड बैंकमा एसीको सुविधा नहुँदा गर्मीको समयमा रक्तदान गर्दा कतिपय रक्तदाताहरु बेहोस हुने गर्नुभएको थियो’–सभापति आचार्यले भने–‘अव रक्तदान गर्ने ठाउँमा एसी जोडेपछि त्यो समस्या हट्नेछ ।’

साथै यो सहयोगले व्लड बैंकको स्तरवृद्धिमा समेत सहयोग पुग्ने भन्दै उनले सहयोग गर्ने कृषि विकास बैंकलाई धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण शाखा अधिकृत राजकुमार विकले गरेका थिए ।