दाङ २८ जेठ । नेपाली कांग्रेसले अहिलेका अबस्थामा सरकारले तत्काल चाल्नु पर्ने कदमका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै छ ।
पार्टीको जेठ २६ गते बसेको बैठकको निर्णयानुसार पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले अहिले केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै छ ।
‘बरिष्ठ नेताको नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने छ’ पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए ।