पार्वती बस्नेत
दाङ,२८ जेठ । आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक बजेटलाई प्रभावकारी बनाउनका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङले घोेराही उपमहानगरपालिकाको ध्यानाकर्षण गराएकोे छ ।
नयाँ आर्थिक बर्षकोे वजेट तर्जुमा गर्दा वर्तमान परीस्थितिको आकलन गर्दै पालिका स्तरीय गौरवका आयोजना, सम्पुरक कोषमा आवश्यक पर्ने रकम, सर्शत अनुदानको कार्यक्रम, दिगो विकासका लक्ष्यलगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता कार्यान्वोयनका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको छ ।
स्थानीय सरकार संचालन ऐन बमोजिम पालिकाले बजेट बिनियोजन गर्नुपर्ने, जनसंख्या क्षेत्रफल मानव विकासको अवस्था पूर्वाधार विकासको अवस्था विकास लागत राजस्व परिचालनको अवस्था र लागत सहभागिताको अवस्था जस्ता विषयलाई आधार मानेर बजेट बिनियोजन गर्न सुझाव दिएको छ ।
स्थानीय स्तरमा कार्यविधि बनाएर अघि बढ्नुपर्ने र पालिकाले योजनाको सम्भाव्यता अध्ययनको आधारमा रहेर स्रोत साधनको पूर्वानुमानसँगै आयोजनाको प्राथमीकरण, योजना कार्यान्वयन तालिका र योजनाको अनुगमन र मुल्यांकन योजना समेत तयार पारेर काम गर्नुपर्ने कुरा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी उप—महानगरपालिकाले करको दायरा फराकिलो भएपनि बर्तमान आन्तरिक राजश्वले कुल बजेटको न्यून अंश ओगटेको हुँदा न्यून आन्तरिक राजश्वले पालिकाभित्रको सिमित अवसरलाई पनि समेटेको हुदा उपमहानगरको दिगोे बिकासका लागि स्थानीय स्रोत साधनको उच्चतम उपभोग गरि सबै बर्गको बिकासमा जोड दिने गरी बजेट बिनियोजन गर्न माग गरेको छ ।