दाङमा थप ६ जनामा संक्रमण, ८६ पुग्यो संक्रमितको संख्या

घोराही,२७ जेठ । दाङमा थप ६ जनामा कोरोना संक्रमण फेला परेका छन । मंगलवार घोराही उपमहानगरपालिका–४ सवारीकोट स्थित आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २१, २३, २६, ३६, ३७ र ३२ बर्षका पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको हो । उनीहरु भारतको मुम्बै, गोरखपुर र दिल्लीबाट लकडाउनका क्रममा आएर क्वारेन्टाईनमा बसेका थिए ।

कोरोना संक्रमण देखिएका उनीहरुलाई घोराही उपमहानगरपालिका–१० रहेको फनपार्कमा निर्माण गरिएको आईसोलेशन सेन्टरमा लगिएको छ ।