दाङ ,२७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार बढि पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लामा ३२३ संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्यामा ४ हजार ८६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यसै गरी कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर–११ का एक जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनको सोमबार साँझ कोरोना पोजेटिभ देखिएको थियो ।
उनलाई मंगलबार बिहान मृत्यु घोषणा गरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । उनी ज्वरो, सुगर र उच्चरक्तचापको बिरामी थिए ।
हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हाल जम्मा संक्रमतिको संख्या चार हजार ८५ पुगेको छ ।
हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।