काठमाडौ २६ जेठ , नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको खर्चको हिसाव दिन सरकारलाई आग्रह गरेका छन् । हालसम्म भएको भनिएको १० अर्ब रूपैयाँ कहाँ खर्च भयो भनेर प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने उनको माग रहेको छ ।
प्रतिनिधिसभाको मंगलबार बैठकमा सांसद थापाले ५ वटा पिसिआर मेसिन र २५ हजार कीट किनेर १० अर्ब खर्च गरियो भन्ने सरकारको भनाइ प्रष्ट पार्न माग गरेका हुन्। ‘त्यतिमात्र हैन, पछिल्लो समयमा संसदमा उठेका थुप्रै सवालहरुको जवाफ अव चाहिन्छ । होइन भने संसद यही रुपमा अगाडि नबढ्न सक्छ’-सांसद थापाले सांसदहरुले उठाएको सवालको सरकारका तर्फवाट जवाफ नआए संसद अबरुद्ध गर्न सकिने संकेत गर्दै भने ।
‘१० अर्ब रूपैयाँको हिसावकिताब देखाउनुपर्दैनरु हामीलाई एक–एक वटा कुराको हिसाव चाहिन्छ, यस्तो राष्ट्रिय विपत्तिका बेला भ्रष्टाचारमा लिप्त हुनेरु यो निर्लज्जताको पराकाष्टा हो, हामीलाई हिसाव चाहिन्छ,’ थापाले भने।
क्वारेन्टाइनमा एक लाख ६६ हजार मानिस बस्छन् भन्ने प्रधानमन्त्री ओलीको दावीप्रति कटाक्ष गर्दै नेता थापाले यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्र्टेसन क्याम्प हो भनेर प्रश्न गरे।
‘भारतबाट आएका नागरिकलाई गर्ने व्यवहार यही होरु अदालतले भन्यो, संसदले भन्यो, विज्ञले भने, पिसिआर टेस्टको दायर बढाउ,’ थापाले भने, ‘सुदूरपश्चिममा कयौं दिनदेखि स्बाव कलेन्सन रोकिएको छ, प्रदेश–२ मा कयौं दिनदेखि १०औं हजार मानिसको रिपोर्ट नआएर क्वारेन्टाइनमा छट्पटाएर बसेका छन्, तर सरकार टेस्टको दायरा साँघुरो बनाउँदैछ।’
क्वारेन्टाइनमा बस्नेको पिसिआर टेस्ट नगर्ने निर्णयप्रति पनि थापाले आपत्ति प्रकट गरे। ‘अब मरेको मान्छेको परीक्षण नगर्ने रे, १४ दिन क्वारेन्टाइनमा राखेको मान्छेलाई घर पठाउने बेलामा टेस्ट नगर्ने रे,’ उनले थपे, ‘अब सरकारले यसो गरे हुन्छ, अब परीक्षण नै नगर्ने र नेपाललाई कोरोना फ्री देश भन्दिने, किनभने परीक्षण नभएपछि संक्रमण एकजनाको पनि देखिन्न।’
आरडिटी परीक्षण काम नलाग्ने भन्ने जान्दा–जान्दै पनि जबरजस्ती आडिटी टेस्ट गरिएको उल्लेख गर्दै सांसद थापाले स्वास्थ्य मन्त्रालय र विज्ञको सुझाव सरकारले अन्देखा गरेको बताए।
‘न यो विश्वसनीय छ, न अहिलेको संक्रमणको अवस्थामा यसको औचित्य छ,’ थापाले भने, ‘तर, जबरजस्ती आरडिटी परीक्षण गर्ने, यो अपराधको जिम्मा कसले लिन्छ, हामीलाई जवाफ चाहिन्छ।’
सरकारले अस्पतालहरूलाई तयार राख्ने, जनशक्ति थप्ने जस्ता काममा नगरेको टिप्पणी गर्दै थापाले विदेशमा अलपत्र नेपालीहरूको उद्धारमा कुन एयरलाइन्सले ल्याउने भन्ने विषयमा झगडा गरेर ती नेपालीहरूमाथि सरकारले बज्रपात गरेको बताए।