लक्ष्मी लघुवित्तद्धारा देशभर २१ लाख सहयोग

सज्जिता केसी
दाङ २७ जेठ । लक्ष्मी लघुवित्तले देशभर २१ लाख सहयोग गरेको छ । कोरोनाको माहामारीको त्रासका कारण स्थानीयतहलाई नागरिकको समस्या समाधान गर्नुपर्ने बेलामा थोरै भएपनि सहयोग गर्ने उदेश्यले सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताएका छन् ।

लक्ष्मी बैक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय श्रीनगरले मंगलवार शारदा नगरपालिकाको कोरोना रोकथाम तथा प्रकोप व्यवस्थापनको लागी १० हजारको चेक हस्तान्तरण गरेको छ।

शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीलाई शाखाका शाखा प्रबन्ध सुदिप शर्माले चेक हस्तान्तरण गरेका हुन । शारदा नगरपालिका–१ मा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था शाखा कार्यलय श्रीनगरद्वारा कोरना प्रकोप व्यवस्थापन कोषको लागि १० हजारको सहयोग गरेको हो ।

यसअघि संस्थाले ७ वटै प्रदेशलाई २ र २ लाखका दरले १४ लाख सहयोग गरिसकेको छ । देशभर ७२ वटा शाखा कार्यलय रहेको स्थानीय कार्यलय मार्फत थप ७ लाख गरि २१ लाख सहयोग गरेको संस्थाले जनाएको छ ।

शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि थोरै भए पनि कोरोना विरुद्वको लडाइमा सहयोग गरेको जनाएको छ । साथै शाखा कार्यलय अन्तर्गत आफ्नो ग्राहक सदस्यहरुलाई सुरक्षीत रहन आग्रह गरेका छन् ।सदस्यहरुलाई सुरक्षित रहन आग्रह गर्दे असार मसान्तसम्म व्याजदर घटेको समेत बताएका छन् ।