दाङ,२७ जेठ । घोराही उपमहनगरपालिका–१५ भानुुुचोेकमा आदिकवि भानुभक्त आचार्यको तस्वीर राखिएको छ । उक्त चोकको नाम भानुभक्तचोक यथावत राख्दै आदिकवी भानुभक्त आचार्यको शालिक राख्न घोराही उपमहानगरपालिकालाई दवाव दिने मंगलवार आचार्यको तस्वीर राखिएको हो ।
प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका सस्थापक अध्यक्ष नारायणप्रसाद शर्मालगायतको उपस्थितिमा तस्विर राखिएको हो ।
घोराहीको पहिचानका लागि घोराहीकै ट्राफिकचोकमा दुई वटा घोेडाको सालिक राखिएकाले फेरि अर्काे चोकमा घोडाको सालिक राख्न आवश्यक नभएको उनीहरुो तर्क छ । नागरिक समाज दाङले पनि सो चोकको नाम भानुचोक राखी भानुभक्तको शाकिल स्थापना गर्न आग्रह गरेका छ ।
जिल्ला संयोजक चन्द्रराज पन्तले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चोकको नाम यथावत राखेर चोकमा आदिकवि भानुभक्त आचार्यको मूर्ति स्थापना गर्न समेत आग्रह गरेका छन् । सोमवार नै घोराहीका तीन वटा टोल विकास सस्थाहरुले नाम यतावत राख्न माग गरेका थिए ।
घोराही उपमहानगरपालिका– १५ मा पर्ने भानु टोल विकास सस्थाका अध्यक्ष रेवा डाँगी, गौतमबुद्ध टोल विकास सस्थाका अध्यक्ष मिनराज घिमिरे र नयाँ सडक टोल विकासका अध्यक्ष श्यामप्रसाद आचार्यले सयुक्त रुपमा सोमवार विज्ञप्ति जारी गर्दै घोराही–१५ को मुख्यचोकका रुपमा रहेको भानुचोक (तुलसीपुरचोक)को नाम परिवर्तन गरी घोराही उपमहानगरपालिकाले घोडाको मूर्ति राख्ने गरेको निर्णयप्रति गम्भीर असहमति व्यक्त गर्दै पुरानै नामलाई यथावत राख्न माग गरेका थिए ।
तस्वीर राख्ने कार्यक्रममा राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेसका निवर्तमान जिल्ला अध्यक्ष शरद अधिकारीलगायतको सहभागिता रहेको थियो